खेलाडी सम्मान

एरिका, पलेशा र कविराज सम्मानित

काठमाडौं । नेपाल खेलकुद महासंघ (नेकोस) अन्तर्गतको महिला विभाग कमिटीले करातेकी एरिका गुरुङ, पारा तेक्वान्दोकी पलेशा गोवर्धन र  प्रशिक्षक कविराज नेगी लामालाई मंगलबार नगदसहित सम्मान गरेको छ ।

उनीहरुलाई जनही १० हजार रुपैयाँ सहित प्रशंसा पत्रबाट सम्मान गरियो । उनीहरुलाई पूर्व मन्त्री कर्णबहादुर थापा, राष्ट्रिय खेलकुद परिषद् (राखेप) राखेप कार्यकारी सदस्य नन्दा बस्याललगायतले सम्मान गरे ।

एरिकाले १९औं एसियाली खेलकुदमा रजत तथा पलेशाले चौथो एसियाली पारा खेलकुदमा कांस्य पदक जितेका थिए । पलेशाले कांस्य जित्दा लामा  प्रशिक्षकको भूमिकामा थिए ।