माईजोगमाई अध्यक्ष कप

माईजोगमाई अध्यक्ष कपः इलाम क्वार्टरफाइनलमा

इलाम  । सन्दकपुर गाउँपालिकालाई हराउँदै साविक विजेता इलाम नगरपालिका दोश्रो माईजोगमाई गाउँपालिका अध्यक्ष कप अन्तरपालिका आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गरेको छ ।

प्रतियोगिताको उद्धघाटन खेलमा इलामले सन्दकपुरलाई सडनडेथमा ६-५ ले पराजित गर्यो । निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो ।

इलामलाई जित दिलाउन कप्तान प्रदिप विष्ट, पासाङ शेर्पा, सविन मगर, प्रिन्स शेर्पा, नितेश गुरुङ र साङ्गे शेर्पाले गोल गरे ।

सन्दकपुरका राकेश मगर, अभिषेक राई, निशान राई, मदन मगर र रोजन घलेले गोल गरे । सन्दकपुरका गोलकिपर पुजन गुरुङको प्रहार इलामका गोलकिपर आङ्पेल शेर्पाले बचाए ।

इलामले सेमिफाइनल प्रवेशका लागि माङसेबुङ गाउँपालिकाको सामना गर्नेछ ।

प्रतियोगितामा बुधबार फाकफोकथुम गाउँपालिका र सूर्योदय नगरपालिका प्रतिस्पर्धा गर्नेछन् ।

माईजोगमाई गाउँपालिका खेलकुद विकास परिषद्को आयोजनामा जारी प्रतियोगिता बालागुरु खेलमैदानमा आगामी बैशाख ३१ गतेसम्म हुनेछ ।

प्रतियोगिताको विजेताले २ लाख ११ हजार १११ र उपविजेताले १ लाख २१ हजार १११ रुपैयाँ प्राप्त गर्नेछन् ।