युरोपियन च्याम्पियन्स लिग

पिएसजीलाई हराउँदै डर्टमन्ड फाइनलमा

काठमाडौं । बलियो मानिएको पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई हराउँदै बोरुसिया डर्टमन्ड युइएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति पिएसजीको मैदानमा डर्टमन्ड १–० ले विजयी भयो । पहिलो लिगमा पनि डर्टमन्ट १–० ले विजयी भएको हो । समग्रमा २–० ले विजयी भयो ।

डर्टमन्ड सन् २०१३ पछि फाइनलमा स्थान बनाएको हो । फाइनलमा बायर्न म्युनिख २–१ ले विजयी भएको थियो । त्यसअघि सन् १९९७ मा युभेन्ट्सलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

डर्टमन्डलाई जिताउन माट्स हुमेल्सले गोल गरेका हुन् । उनको च्याम्पियन्स लिगमा पाचौँ गोल हो । लुइस इन्रिक्वको प्रशिक्षकमा केलियन एम्बाप्पेको साथ पाएको पिएसजीले पुनः च्याम्पियन्स लिग उपाधि जित्ने अवसर चुकायो ।