पुस १४, २०८२ मंगलबार | १७:५०:११
एनभिए च्याम्पियनसिपः एपिएफविरुद्ध पुलिसको रोमाञ्चक जित ‘म्याजेस्टीक लेक फ्रन्ट’ पल्सर स्पोर्टस अवार्डको अफिसियल होटल साफ यु-१९ महिला च्याम्पियनसिपः नेपालको टचलाइन श्रेष्ठले सम्हाल्ने क्यानोइङका पदक विजेतालाई खेलकुदमन्त्रीको बधाई एनभिए च्याम्पियनसिपः ढोरपाटनलाई हराउँदै खिल्जी क्वार्टरफाइनलमा प्रशान्त फ्रेन्ड्सको जर्सीमा देखिने एनभिए च्याम्पियनसिपः मणिमुकुन्दलाई हराउँदै एपिएफ क्वार्टरफाइनलमा एनभिए च्याम्पियनसिपः सुदूरपश्चिमले मधेशलाई हरायो फ्रेन्ड्सको गोलपोस्ट मौसमले सम्हाल्ने एन्फा यु-१६ लिगः पुलिस च्याम्पियन, निर्णायक खेलमा मछिन्द्र फ्रेन्ड्ससँग हार्यो एनभिए च्याम्पियनसिपः एपिएफविरुद्ध पुलिसको रोमाञ्चक जित ‘म्याजेस्टीक लेक फ्रन्ट’ पल्सर स्पोर्टस अवार्डको अफिसियल होटल साफ यु-१९ महिला च्याम्पियनसिपः नेपालको टचलाइन श्रेष्ठले सम्हाल्ने क्यानोइङका पदक विजेतालाई खेलकुदमन्त्रीको बधाई एनभिए च्याम्पियनसिपः ढोरपाटनलाई हराउँदै खिल्जी क्वार्टरफाइनलमा प्रशान्त फ्रेन्ड्सको जर्सीमा देखिने एनभिए च्याम्पियनसिपः मणिमुकुन्दलाई हराउँदै एपिएफ क्वार्टरफाइनलमा एनभिए च्याम्पियनसिपः सुदूरपश्चिमले मधेशलाई हरायो फ्रेन्ड्सको गोलपोस्ट मौसमले सम्हाल्ने एन्फा यु-१६ लिगः पुलिस च्याम्पियन, निर्णायक खेलमा मछिन्द्र फ्रेन्ड्ससँग हार्यो

मन्जुश्री ट्रेल रेस सुरु

काठमाडौं । १०० माइलको मन्जुश्री ट्रेल रेसको चौथो संस्करण सुरु भएको छ । शुक्रबार बिहान ८ बजे इचंगुनारायण स्थित सिंगल ट्रीबाट दौड सुरु गरिएको हो ।

शुक्रबार र शनिबार हुने विभिन्न चरणको रेसमा नेपाल सहित १६ मुलुकका ३२४ धावकहरू सहभागी छन् । जसमा ४० विदेशीसहहित २८९ जना र ३५ पुरुष धावक छन् । १०० माइलको दाैडमा भने चार महिलासहित १८ धावक सहभागी छन् ।

यस संस्करणमा नेपाल, चीन, सिंगापुर, बेलायत, डेनमार्क, भारत, बेलारुस, इन्डोनेसियाका धावक सहभागी भएको रेसका अध्यक्ष सुवास थापाले जानकारी दिए  ।

यस रेसमा चर्चित धावकहरू प्रिया राई, मसफुमी यमाटो, मनकुमार रोका मगर, अर्जुन कुलुङ राई, निक पिलापिल, सोफी सरन्या महाकनोक, अन्तर्राष्ट्रिय ट्रेल रेसको प्रतिष्ठित एमसी सोफीले लगायत सहभागी छन् ।

धावकले काठमाडौं उपत्यका वरिपरीका सातवटा प्रमुख चुचुराहरू जामाचो, शिवपुरी, नगरकोट, फुल्चोकी, चम्पादेवी, भस्मासुर र चन्द्रागिरि हुँदै १०० माइल दूरी पार गर्नेछन् ।

यस्तै शुक्रबार नै १०० किलोमिटरको दौड झुलेबाट सुरु भएको छ । यसैगरी शनिबार  बिहान ७ बजे ५० किलोमिटरको दौड बडिखेलबाट र मञ्जुश्री ट्रेल रेससँग आवद्ध ट्रेलमान्डुको ३० किलोमिटर केभीआर स्टेज रेस शनिबार बिहान ८ बजे फर्पिङको डोल्लुबाट सुरु हुनेछ ।

यो ट्रेलमान्डुको ५ स्टेज रेसको फाइनल खेल हो । यसमा  धावक सहभागी हुँदैछन् । त्यसैगरी शनिबार कालुपाँडे डाँडाबाट १० किमिको रेस सुरु भइ सिंगल ट्रीमै आएर सकिने अध्यक्ष थापाले जानकारी दिए ।

अध्यक्ष थापाका अनुसार यो संस्करणलाई एसिया ट्रेल मास्टर्सको छनोटको समेत मान्यता  छ ।

एसिया ट्रेल मास्टर्स हङकङमा कुआइ स्पोर्टस प्रमोशन लिमिटेडद्वारा व्यवस्थित एसियामा ट्रेल दौडको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सिरिज हो । 

गत वर्ष सम्पन्न  मञ्जुश्री ट्रेल रेसकाे तेस्रो संस्करणमा ६७ जना नेपाली र २१ जना विदेशी गरी ८८ धावकले भाग लिएका थिए ।

अध्यक्ष थापाका अनुसार  रेसलाई थप समावेशी बनाउन शनिबार २ किलोमिटरको विशेष रेस समेत आयोजना हुँदैछ । जसमा भिन्न रुपले सबल बाल(बालिकाहरूको रेस पनि आयोजना हुनेछ । नेपाल डाउन सिन्ड्रोम सोसाइटीसँगको सहकार्यमा सो रेसको आयोजना हुन लागेको हो । यसमा २० खेलाडी सहभागी हुँदैछन् ।

१०० माइल यस लामो दौड नेपालकै सबैभन्दा लामो तथा ठुलो संख्यामा सहभागिता रहने दौड पनि हो । यसमा धावकहरूलाई सहज बनाउनको लागी जम्मा १९ वटा चेक प्वाईन्ट उपलब्ध गराइएको हुन्छ जहाँ उनीहरूलाई आवश्यक पर्ने खानेकुरा, पानी तथा आधारभुत औषधिको पनि व्यवस्था गरिएको हुन्छ ।

त्यस्तै तीन स्थानमा केही समय आराम गर्नको निम्ति बासस्थानको पनि व्यवस्था गरिएको छ ।

फ्रान्सस्थित विश्वभरका ट्रेल रेस आयोजकहरूको छाता संस्था इन्टरनेशनल ट्रेल रनिङ एसोसिएसन (आइटिआरए) र विश्वव्यापी रूपमा ट्रेल धावकहरूको स्तर मूल्याङ्कन तथा निर्धारण गर्ने संस्था युटिएमबिको सम्बन्धन प्राप्त भएकाले मञ्जुश्री ट्रेल रेसलाई अन्तर्राष्ट्रिय स्तरमा विशेष महत्वका साथ हेरिने अध्यक्ष थापा बताउँछन् ।  

अध्यक्ष थापाका अनुसार, १०० माइलको रेसमा प्रथम, द्वितीय र तृतीयले क्रमशः ६० हजार, ४० हजार र २० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउनेछन् ।

यसैगरी किलोमिटर रेसमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ४० हजार, २५ हजार र १५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र ५० किलोमिटर रेसमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३० हजार, १५ हजार र १० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

 ट्रेलमाण्डुको केभिआर १०० स्टेज रेस अन्तर्गत प्रथम,द्वितीय र तृतीय हुनेले क्रमशः २० हजार, १० हजार र ५ हजार नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र पाउनेछन् ।

 मञ्जुश्री ट्रेल रेसका १०० माइल, १०० किमि र ५० किमिमा शीर्ष पाँच भित्र अटाउने खेलाडी एसिया ट्रेल मास्टर्समा छनोट हुनेछन् ।

 


भिडियो
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING