चैत्र १४, २०८२ शनिबार | २१:३९:१६
दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु

मन्जुश्री ट्रेल रेस सुरु

काठमाडौं । १०० माइलको मन्जुश्री ट्रेल रेसको चौथो संस्करण सुरु भएको छ । शुक्रबार बिहान ८ बजे इचंगुनारायण स्थित सिंगल ट्रीबाट दौड सुरु गरिएको हो ।

शुक्रबार र शनिबार हुने विभिन्न चरणको रेसमा नेपाल सहित १६ मुलुकका ३२४ धावकहरू सहभागी छन् । जसमा ४० विदेशीसहहित २८९ जना र ३५ पुरुष धावक छन् । १०० माइलको दाैडमा भने चार महिलासहित १८ धावक सहभागी छन् ।

यस संस्करणमा नेपाल, चीन, सिंगापुर, बेलायत, डेनमार्क, भारत, बेलारुस, इन्डोनेसियाका धावक सहभागी भएको रेसका अध्यक्ष सुवास थापाले जानकारी दिए  ।

यस रेसमा चर्चित धावकहरू प्रिया राई, मसफुमी यमाटो, मनकुमार रोका मगर, अर्जुन कुलुङ राई, निक पिलापिल, सोफी सरन्या महाकनोक, अन्तर्राष्ट्रिय ट्रेल रेसको प्रतिष्ठित एमसी सोफीले लगायत सहभागी छन् ।

धावकले काठमाडौं उपत्यका वरिपरीका सातवटा प्रमुख चुचुराहरू जामाचो, शिवपुरी, नगरकोट, फुल्चोकी, चम्पादेवी, भस्मासुर र चन्द्रागिरि हुँदै १०० माइल दूरी पार गर्नेछन् ।

यस्तै शुक्रबार नै १०० किलोमिटरको दौड झुलेबाट सुरु भएको छ । यसैगरी शनिबार  बिहान ७ बजे ५० किलोमिटरको दौड बडिखेलबाट र मञ्जुश्री ट्रेल रेससँग आवद्ध ट्रेलमान्डुको ३० किलोमिटर केभीआर स्टेज रेस शनिबार बिहान ८ बजे फर्पिङको डोल्लुबाट सुरु हुनेछ ।

यो ट्रेलमान्डुको ५ स्टेज रेसको फाइनल खेल हो । यसमा  धावक सहभागी हुँदैछन् । त्यसैगरी शनिबार कालुपाँडे डाँडाबाट १० किमिको रेस सुरु भइ सिंगल ट्रीमै आएर सकिने अध्यक्ष थापाले जानकारी दिए ।

अध्यक्ष थापाका अनुसार यो संस्करणलाई एसिया ट्रेल मास्टर्सको छनोटको समेत मान्यता  छ ।

एसिया ट्रेल मास्टर्स हङकङमा कुआइ स्पोर्टस प्रमोशन लिमिटेडद्वारा व्यवस्थित एसियामा ट्रेल दौडको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सिरिज हो । 

गत वर्ष सम्पन्न  मञ्जुश्री ट्रेल रेसकाे तेस्रो संस्करणमा ६७ जना नेपाली र २१ जना विदेशी गरी ८८ धावकले भाग लिएका थिए ।

अध्यक्ष थापाका अनुसार  रेसलाई थप समावेशी बनाउन शनिबार २ किलोमिटरको विशेष रेस समेत आयोजना हुँदैछ । जसमा भिन्न रुपले सबल बाल(बालिकाहरूको रेस पनि आयोजना हुनेछ । नेपाल डाउन सिन्ड्रोम सोसाइटीसँगको सहकार्यमा सो रेसको आयोजना हुन लागेको हो । यसमा २० खेलाडी सहभागी हुँदैछन् ।

१०० माइल यस लामो दौड नेपालकै सबैभन्दा लामो तथा ठुलो संख्यामा सहभागिता रहने दौड पनि हो । यसमा धावकहरूलाई सहज बनाउनको लागी जम्मा १९ वटा चेक प्वाईन्ट उपलब्ध गराइएको हुन्छ जहाँ उनीहरूलाई आवश्यक पर्ने खानेकुरा, पानी तथा आधारभुत औषधिको पनि व्यवस्था गरिएको हुन्छ ।

त्यस्तै तीन स्थानमा केही समय आराम गर्नको निम्ति बासस्थानको पनि व्यवस्था गरिएको छ ।

फ्रान्सस्थित विश्वभरका ट्रेल रेस आयोजकहरूको छाता संस्था इन्टरनेशनल ट्रेल रनिङ एसोसिएसन (आइटिआरए) र विश्वव्यापी रूपमा ट्रेल धावकहरूको स्तर मूल्याङ्कन तथा निर्धारण गर्ने संस्था युटिएमबिको सम्बन्धन प्राप्त भएकाले मञ्जुश्री ट्रेल रेसलाई अन्तर्राष्ट्रिय स्तरमा विशेष महत्वका साथ हेरिने अध्यक्ष थापा बताउँछन् ।  

अध्यक्ष थापाका अनुसार, १०० माइलको रेसमा प्रथम, द्वितीय र तृतीयले क्रमशः ६० हजार, ४० हजार र २० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउनेछन् ।

यसैगरी किलोमिटर रेसमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ४० हजार, २५ हजार र १५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र ५० किलोमिटर रेसमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३० हजार, १५ हजार र १० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

 ट्रेलमाण्डुको केभिआर १०० स्टेज रेस अन्तर्गत प्रथम,द्वितीय र तृतीय हुनेले क्रमशः २० हजार, १० हजार र ५ हजार नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र पाउनेछन् ।

 मञ्जुश्री ट्रेल रेसका १०० माइल, १०० किमि र ५० किमिमा शीर्ष पाँच भित्र अटाउने खेलाडी एसिया ट्रेल मास्टर्समा छनोट हुनेछन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो