इङ्लिस प्रिमियर लिग

आर्सनलको सहज जित

काठमाडौं । लिग लिडर आर्सनलले इङ्लिस प्रिमियर लिगमा शनिबार बर्नमाउथविरुद्ध ३ ० को सहज जित निकालेको छ ।

घरेलु मैदान इमिरेट्स रंगशालामा आर्सनललाई जित दिलाउन बुकायो साका, लियान्द्रो ट्रासार्ड र डेक्लान राइसले गोल गरे ।

जितसँगै आर्सनलले ३६ खेलमा ८३ अंक जोडेको छ । पराजित बर्नमाउथ समान खेलबाट ४८ अंकका साथ १०औं स्थानमा छ ।

खेलको ४५औं मिनेटमा साकाको पेनाल्टी गोलमार्फत आर्सनलले अग्रता लियो । ७०औं मिनेटमा ट्रोसार्डले टोलीको अग्रता दोब्बर बनाए । उनले राइसको पासलाई सदुपयोग गरे ।

इन्जुरी समयमा गाब्रियल जिससको पासलाई राइसले पोस्टको दिशा दिँदा आर्सनल ३ ० ले विजयी भयो ।