वीर गणेशमान सिंह ट्वान्टी २० राष्ट्रिय क्रिकेट

मधेश सुपर ओभरमा विजयी

काठमाडौं । वीर गणेशमान सिंह ट्वान्टी २० राष्ट्रिय क्रिकेट  वीर गणेशमान सिंह ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा बिहीबार मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशविरुद्ध सुपर ओभरमा जित निकालेको छ ।

जितसँगै ६ खेलमा आठ अंक जोडेको मधेश तेस्रो स्थानमा उक्लिएको छ । पराजित सुदूरपश्चिम पाँच खेलमा चार अंकका साथ पाँचौं स्थानमा छ ।

मुलपानी क्रिकेट मैदानमा मधेशले प्रस्तुत गरेको १२२ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले २० ओभरमा आठ विकेट गुमाउँदै १२१ रन नै बनाएपछि खेलको निर्णय सुपर ओभरबाट लिएइको थियो ।

सुपर ओभरमा सुदूरपश्चिमले प्रस्तुत गरेको आठ रनको लक्ष्य मधेशले एक बल बाँकी छँदा पूरा गर्यो ।

त्यसअघि सुदूरपश्चिमका लागि बसन्त खत्रीले ३८, किरण ठगुन्नाले अविजित २३, अविशेक पालले २२ र बसन्त कार्कीले १५ रन बनाए ।

मधेशका लागि  रञ्जित कुमारले तीन, विशाल सुश्लिङले दुई तथा अविशेक तिवारीले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मधेशले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १२१ रनको योगफल तयार पार्यो ।

मधेशका लागि रोहन विकले ४६, कप्तान राहुल मण्डलले २३, अविशेक तिवारीले अविजित २१ र विशाल पटेलले १४ रन बनाए ।

तेस्रो विकेटका लागि रोहन र राहुलले ४६ रनको उोगदान गरे । सुदूरपश्चिमका लागि कप्तान हेमन्त धामी, नरेन साउद र शेर मल्लले समान दुई तथा नारायण जोशीले एक विकेट लिए ।