ट्वान्टी २० शृंखला

दुई पटक बोल्ड हुँदा पनि आउट भएनन् मार्क

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी  २० शृंखलाको पाँचौं तथा अन्तिम खेलमा मार्क डिएल दुई पटक बोल्ड भए । तर, उनी पेभिलियन भने फर्कनु परेन ।

र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर फिल्डिङको निम्तो पाएको नेपालका लागि सोमपाल कामीले पाँचौं ओभरमा डिएललाई दुई पटक बोल्ड गरेका थिए । तर, बलले मान्यता नपाउँदा मार्कले जीवनदान पाए ।

दोस्रो बलमा सोमपालले मार्कलाई पहिलो पटक बोल्ड गरेका थिए । तर, उक्त बललाई अम्पायरले नो बल दिए । त्यसलगत्तै सोमपालले अर्को नो बल फालेका थिए । अर्को बलमा सोमपालले पुनः मार्कलाई बोल्ड गरे । जसले फेरि एकपटक मान्यता पाएन ।

कप्तान रोहित पौडेलको दर्शनीय क्याचमा नेपालले दोस्रो ओभरको चौंथो बलमा कदिम एलिनको विकेट लिएको थियो ।

सागर ढकालको ओभरमा अघिल्ला दुई बलमा क्रमशः छक्का र चौका प्रहार गरेका एलिन चौंथो बलमा ११ रन बनाएर पेभिलियन फर्किए ।

इन्डिजले ६ ओभरको समाप्तिमा एक विकेट गुमाउँदै ५३ रन जोडेको छ ।