ट्वान्टी २० शृंखला

सागरले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी २० शृंखलाको पाँचौं तथा अन्तिम खेलमा नेपालले एकै ओभरमा दोस्रो र तेस्रो  सफलता हासिल गरेको छ ।

र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर फिल्डिङको निम्तो पाएको नेपालका लागि सागर ढकालले आठौं ओभरको पहिलो र तेस्रो बलमा व्यक्तिगत दोस्रो र तेस्रो विकेट लिएका हुन् ।

पहिलो बलमा सागरले ओपनर जोन्सन चाल्र्सलाई कट एण्ड बोल्ड गर्दै पेभिलियनको बाटो देखाए । २० बलमा समान दुई चौका र छक्का प्रहार गरेका चाल्र्सले २८ रन जोडे ।

त्यस्तै तेस्रो बलमा सागरले तेस्रो नम्बरका ब्याटर मार्क डिएललाई आउट गरे । छक्का प्रहार गर्ने क्रममा मार्क कप्तान रोहित पौडेलबाट क्याच भए । मार्कले १९ बलमा ११ रन बनाए ।

यसअघि पनि सागरकै बलमा रोहितले दर्शनीय क्याच गर्दा नेपालले पहिलो सफलता हासिल गरेको थियो ।

दोस्रो ओभरको चौंथो बलमा कदीम एलिन चौंथो बलमा ११ रन बनाएर पेभिलियन फर्किएका थिए ।

इन्डिजले ८ ओभरको समाप्तिमा एक विकेट गुमाउँदै ६५ रन जोडेको छ ।