ट्वान्टी २० शृंखला

अन्तिम खेलमा नेपाललाई चौंथो सफलता

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी २० शृंखलाको पाँचौं तथा अन्तिम खेलमा नेपालले चौंथो सफलता हासिल गरेको छ ।

र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर फिल्डिङको निम्तो पाएको नेपालले चौंथो सफलताका रुपमा कप्तान रोस्टन चेजको विकेट लिन सफल भएको हो ।

नेपालका लागि १४औं ओभरको तेस्रो बलमा अभिनाश बोहराले चेजलाई सन्दीप जोराबाट क्याच गराए । चेजले २३ बलमा पाँच चौकाको मद्धतमा ३३ रन बनाए ।

इन्डिजले १४ ओभरको समाप्तिमा चार विकेट गुमाउँदै १०६ रन जोडेको छ ।