ट्वान्टी २० शृंखला

रोहितको दर्शनीय क्याचमा नेपाललाई पहिलो सफलता

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी २० शृंखलाको पाँचौं तथा अन्तिम खेलमा नेपालले पहिलो सफलता हासिल गरेको छ ।

कप्तान रोहित पौडेलको दर्शनीय क्याचमा नेपालले दोस्रो ओभरको चौंथो बलमा कदिम एलिनको विकेट लिन सफल भएको हो ।

सागर ढकालको ओभरमा अघिल्ला दुई बलमा क्रमशः छक्का र चौका प्रहार गरेका एलिन चौंथो बलमा ११ रन बनाएर पेभिलियन फर्किएका हुन् ।

र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको इन्डिजले दुई ओभरको समाप्तिमा २२ रन जोडेको छ ।