चैत्र ६, २०८२ शुक्रबार | ०१:५४:२३
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

भोम्जनको स्मृतिमा भेला भए खेल पत्रकार

काठमाडौं । २०७२ सालको महाभुकम्पमा ज्यान गुमाएका सुमन भोम्जनलाई सम्झँदै नेपाल खेलकुद पत्रकार मञ्चले बुधबार स्मृति सभा आयोजना गरेको छ ।

२०७२ बैशाख १२ गतेको भुइचालोमा आफै बसेको काठमाडौं महाबौद्धस्थित वासस्थानमा पुरिएका भोम्जनको शव बैशाख १९ गते भेटिएको थियो । भुइचालोमा पुरिएर ज्यान गुमाएका आफ्ना सदस्य भोम्जनको स्मृतिमा मञ्चले वर्षेनी बैशाख १९ गतेलाई सुमन भोम्जन स्मृति दिवसका रुपमा मनाउँदै आएको छ ।

बुधबार मञ्चको त्रिपुरेश्वरस्थित कार्यालयमा भएको स्मृति सभामा मञ्चका कार्यवाहक अध्यक्ष निरञ्जन अधिकारीले भोम्जनले भौतिक रुपमा शंसार छोडेर गए पनि उनको सम्झना नेपाली खेल पत्रकारितामा अमर भएर रहिरहने बताए ।

यसैगरी मञ्चका पूर्व अध्यक्ष अजय फुयालले भोम्जनलाई स्मरण गर्दै मञ्च र नेपाली खेलकुदप्रति उनको योगदानको चर्चा गरे । भोम्जनको भावनाअनुसार कार्यक्षेत्रमा लाग्न युवा पुश्तालाई आह्वान गर्दै फुयालले थपे, ‘सुमन भोम्जन भन्ने नाम उर्जा, प्रतिबद्धता, मेहनत र इमान्दारीको पर्याय थियो । अहिलेको नयाँ पुश्ताले भोम्जनको व्यक्तित्वबाट प्रेरणा लिनुपर्छ ।’

कार्यक्रममा मञ्चका अर्का पूर्व अध्यक्ष महेश आचार्य, स्पोर्टस क्लाइम्बिङ संघका पूर्व महासचिव मेघराज पौडेल, पिजे क्लब नेपालका पूर्व अध्यक्ष विकास कार्की, महासचिव अमुल थापा, कोषाध्यक्ष केशव थापा, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठलगायतको उपस्थिती थियो ।

मञ्चका पूर्व अध्यक्ष फुयालले ‘समग्रमै नेपाली खेलकुद पत्रकारिताले पिजे क्लब र खेलाडी संघजस्ता संस्थाहरुसँगको सहकार्यलाई बाक्लो पार्दै अगाडि बढ्न सके नेपालको खेलकुद र खेलकुद पत्रकारितामा ठूलो क्रान्ति सफल हुने’ बताए । ‘यसो गर्न सकियो भने मात्र हामीले हाम्रा दिभंगत साथी सुमन भोम्जनप्रति साचो अर्थमा श्रद्धाञ्जली दिएको ठहर्छ । र, यो अभियानको नेतृत्व सदाझै मञ्चले नै लिनुपर्छ,’ उनले थपे ।

नेपाली खेल पत्रकारहरुको छाता संगठन मञ्चले भोम्जनलाई स्मरण गर्ने क्रममा प्रत्येक वर्ष एकजना युवा पत्रकारलाई सुमन भोम्जन अनुज पत्रकार पुरस्कारबाट विभुषित गर्ने गरेको छ ।

मञ्चसँगको सहकार्यमा भोम्जनको नाममा उनको गृहनगर हेटौडामा दुई पटक राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता भइसकेको छ भने नेपाल स्पोर्टस क्लाइम्बिङ संघले पनि दुई पटक सुमन भोम्जन स्मृति क्लाइम्बिङ प्रतियोगिता आयोजना गरेको थियो ।

मकवानपुर हेटौडाका भोम्जन गोरखापत्र दैनिकमा खेलकुद पत्रकारका रुपमा कार्यरत थिए । हेटौडाकै स्थानीय पत्रपत्रिकाहरुबाट खेल पत्रकारिताको करियर सुरु गरेका भोम्जनले गोरखापत्रअघि नेपाल एफएममा पनि काम गरेका थिए ।

नेपाल खेलकुद पत्रकार मञ्च मकवानपुरका संस्थापक अध्यक्ष भोम्जन बक्सिङको जिल्लास्तरका पूर्व खेलाडी पनि हुन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो