शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता

पुलिस फाइनलमा

फाइल तस्विर

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब शेरबहादुर खड्का स्मृति सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)  को कभर्डहलमा शुक्रबार पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध ३-१ सेटको जित निकाल्यो ।

जितसँगै तीन खेलमा ६अंक जोडेको पुलिस शीर्ष स्थानमा उक्लिएको छ । तीनै खेलमा पराजित आर्मीले एक अंक जोडेकाे छ ।

पहिलो सेट २१-१९ ले आफ्नो पक्षमा पारेको पुलिसले दोस्रो सेट १७-२५ ले गुमायो । त्यसपछिका दुई सेट २५-१५, २५-१३ ले आफ्नो पक्षमा पार्दै फाइनल यात्रा तय गर्यो ।

यसअघि एपिएफ क्लबसँग ३-१ को सेटमा पराजित पुलिसले न्यु डायमन्ड स्पोर्टसलाई ३-१ कै सेटमा हराएको थियो । आर्मी  न्यु डायमन्डसँग ३-१ र एपिएफसँग ३-२ को सेटमा पराजित भएको थियो ।

शुक्रबार नै हुने एपिएफ र न्यु डायमन्डबीचको खेलले फाइनल पुग्ने अर्को टोलीको टुङ्गो लगाउनेछ ।