ललितपुर मेयर कप क्रिकेट

ललितपुर मेयर कप क्रिकेट शनिबारदेखि हुने

फाइल तस्विरः गत संस्करणको विजेता एपिएफ

काठमाडौं । ललितपुर मेयर कप राष्ट्रिय महिला ट्वान्टी २० प्रतियोगिता बैशाख २९ देखि जेठ ५ सम्म हुने भएको छ ।

प्रतियोगिताको चौथो संस्करणमा नेपाल एपिएफ क्लब, बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश र ललितपुर मेयर ११ गरी पाँच टोलीको सहभागिता रहनेछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा ललितपुर र बागमती भिड्नेछन् । खेल दिउँसो १ः३० बजे हुनेछ ।

लिग चरणमा एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन् । अघिल्ला तीनै संस्करणको उपाधि एपिएफले जितेको थियो ।