सहिद स्मारक ‘सी’ डिभिजन लिग

रानीवनको पहिलो जित

काठमाडौं । रानीवन स्पोर्टस क्लबले सहिद स्मारक ‘सी’ डिभिजन लिगमा पहिलो जित दर्ता गरेको छ । सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा सोमबार रानीवनले सानेपा क्लबविरुद्ध १-० को कठिन जित निकाल्यो ।

जितसँगै ६ खेलमा  ६ अंक जोडेको रानीवन १२औं स्थानमा उक्लिएको छ । पराजित सानेपा समान खेलबाट सात अंकका साथ १०औं स्थानमा छ ।

रानीवनलाई जित दिलाउन विष्णु चौधरीले गरेको एक मात्र गोल निर्णायक बन्याे । उनले खेलको ७४औं मिनेटमा गोल गरेका थिए ।

सोमबार नै सम्पन्न खेलमा खालीबारी युवा क्लबले पुल्चोक स्पोर्टस क्लबविरुद्ध १-० को कठिन जित निकाल्यो ।