ट्वान्टी २० शृंखला

वेस्ट इन्डिज ‘ए’ विरुद्ध फिल्डिङ गर्दै नेपाल

 काठमाडौं । वेस्ट इन्डिज ‘ए’ विरुद्ध ट्वान्टी २० शृंखलाको पाँचौं तथा अन्तिम खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिजका कप्तान रोस्टन चेजले टस जितेर पहिले ब्याटिङको निर्णय लिएका छन् ।  खेल १२ः१५ बजे सुरु हुनेछ ।

शृंखलामा वेस्ट इन्डिज ३-१ ले अगाडि छ । शृंखला गुमाइसकेको नेपाल सान्त्वना जितको लक्ष्यमा छ । वेस्ट इन्डिज पनि जितका साथ शृंखलाको अन्त्य गर्ने सोचमा छ ।

 यसअघि नेपालले पहिलो खेलमा चार विकेटको जित निकालेको थियो । त्यसपछिका खेलमा भने वेस्ट इन्डिजले  १०,७६ र २८ रनको जित निकालेको थियो । 

नेपालले टोलीमा दुई परिवर्तन गरेको छ । गुल्सन झा र ललितनारायाण राजजंशी बेन्चमा रहँदा अनिलकुमार साह र सागर ढकालले मौका पाएका छन् । 
 

नेपाली टोली

रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सोमपाल कामी,  अभिनाश बोहरा, सन्दीप जोरा, प्रतिश जिसी, अनिलकुमार साह, सागर ढकाल