केल्मी

जर्सी नक्कल नगर्न केल्मीको आग्रह

ट्वान्टी २० विश्वकपका लागि तयार पारिएको नेपालको जर्सी

काठामाडौं । अन्तर्राष्ट्रिय खेल सामग्री उत्पादक कम्पनी केल्मीको नेपालका लागि एकमात्र अधिकारिक विक्रेता कामारु ट्रेडिङ प्रालिले बिहीबार सुचना गरी गर्दै केल्मीको अधिकारिक जर्सी नक्कल नगर्न आग्रह गरेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल क्रिकेट संघ (क्यान), नेपाल भलिबल संघ (एनभिए) लगायत विभिन्न खेलकुद संघसँग केल्मीले प्रायोजन सम्झौता गरेको छ । अर्को महिना सुरु हुने ट्वान्टी २० विश्वकपका लागि पनि केल्मीले राष्ट्रिय क्रिकेट टोलीको जर्सी निर्माण गरेको छ ।

केल्मीले पछिल्लो समय अधिकारिक स्टोररबाहेक अन्यले पनि नक्कली समान विक्री वितरण गरेको जानकारी आएकाले यस्तो कार्यमा संग्लन जुनसुकै संघ, संस्था वा व्यक्तिलाई कानुन बमोजिम कारवाही गर्ने चेतावनी दिएको छ ।

यसअघि पनि अनाधिकृत रूपमा केल्मीको लोगो प्रयोग गरेर नक्कली जर्सी बेच्नेलाई प्रहरीले पक्राउ गरेको थियो ।

केल्मीले पछिल्लो समय अनलाइनमार्फत विश्वकप जर्सीका लागि नेपालभर डेलिभरीको सेवा उपलब्ध गराउँदै प्रि-अर्डर सुरु गरिसकेको छ । यसबाहेक केल्मीले नेपालभर रहेका शो(रुममार्फत पनि जर्सी लगायत अन्य सामग्री विक्री गर्दै आएको छ ।