वीर गणेशमान सिंह ट्वान्टी २० राष्ट्रिय क्रिकेट

कोशी जितविहिन

काठमाडौं । वीर गणेशमान सिंह ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेश जितविहिन बनेको छ ।

मुलपानी क्रिकेट मैदानमा बिहीबार कोशी आफ्नो अन्तिम खेलमा पनि कर्णाली प्रदेशसँग पाँच विकेटले पराजित भयो ।

जितसँगै ६ खेलमा आठ अंक जोडेको कर्णाली तेस्रो स्थानमा उक्लिएको छ । ६ वटै खेलमा पराजित कोशी अंकविहिन हुँदै घर फर्किएको छ ।

कोशीले प्रस्तुत गरेको ९४ रनको लक्ष्य कर्णालीले ६.३ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो । कर्णालीका लागि विपिन शाहीले ३८, मनिष थापाले २७ र अर्जुन घर्तीले २५ रन बनाए ।

केशीका लागि दीपेश कँडेलले तीन तथा श्रवण यादवले दुई विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको कोशीले १९.३ ओभरमा सबै विकेट गुमाउँदै ९३ रनको योगफल तयार पार्यो । कोशीका लागि मिनाश थापा ३५, दीपेश कँडेलले २५ र सौजन घिमिरेले १८ रन बनाए ।

कर्णालीका लागि दीपेन्द्र रावत र प्रकाश जैसीले समान तीन, दीनेश अधिकारीले दुई तथा विपिन शर्माले एक विकेट लिए ।