एन्फा अन्तरकलेज फुटसल

एन्फा अन्तरकलेज फुटसलको विजेतालाई पाँच लाख

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा आगामी बैशाख २२ देखि जेठ ५ गतेसम्म हुने अन्तरकलेज फुटसल च्याम्पियनसिपको विजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्ने भएको छ ।

यसैगरी उपविजेतालाई ३ लाख, सर्वोकृष्ट खेलाडीले ५० हजार तथा सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले समान २५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

यसअघि एन्फाले २४ टोलीलाई सहभागिता गराउने बताए पनि १६ टोलीले मात्र नाम दर्ता गरेको बिहीबार आयोजित पत्रकार सम्मेलमा जानकारी दिइयो ।

सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।

प्रतियोगितामा प्लस २ र ब्याचलर अध्ययनरत विद्यार्थीले भाग लिन पाउनेछन् । एन्फाले बैशाख ४ गतेसम्म टिम दर्ता गर्न पाउने गरी आवेदन फारम खुलाएको थियो ।

प्रतियोगिताका खेलहरु लगनखेलस्थित नेपाली सेनाको शारीरिक प्रशिक्षण केन्द्रको हलमा हुने एन्फाले जनाएको छ ।

प्रतियोगिताका लागि करिब ३० लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

प्रतियोगिताको टाइ टल स्पोन्सर, ब्यावसायीक, डिजिटल र प्रसारण लगायतका सम्पूर्ण अधिकार प्याराडाइम ग्रुप प्रा.ली (प्याराडाइम स्पोर्टस नेटवर्क) लाई दिइएको छ ।