पोखरा स्पोर्टस अवार्ड

पोखरा स्पोर्टस अवार्डको तयारी तीव्र

अवार्ड कार्यक्रमका लागि सहयोग रकम हस्तान्तरण गरिँदै

पोखरा । ‘पोखरा स्पोर्टस अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन थालिएको छ । अवार्डको आठौं संस्करण भव्य बनाउन मुल आयोजक समितिसहित १३ विभिन्न उपसमिति मार्फत एकसाथ तयारीलाई अगाडि बढाइएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले जानकारी दिए ।

‘अर्वाडको तयारी तीव्र बनाइएको छ, अब अवार्ड कार्यक्रमको विस्तृत जानकारी सहित चार विधाको नोमिनेसन सार्वजनिक गर्ने अन्तिम तयारीमा छौं’, अध्यक्ष बरालले भने ।

अवार्ड कार्यक्रलाई सहयोग गर्नेहरु पनि  थपिदै गएका छन् । शनिबार अवार्ड कार्यक्रमको लागि मुस्ताङ गल्फ कोर्षले ११ हजार रुपैयाँ सहयोग गरेको छ ।  मुस्ताङ गल्फ कोर्षका सञ्चालक इन्द्रधारा विष्टले मञ्च अध्यक्ष बराललाई सहयोग रकम हस्तान्तरण गरे

यसैगरी थ्रीसिक्स इञ्जिनियर रेजिमेट एण्ड क्यूजिइइका संयोजक क्याप्टेन कृष्ण पुनले १० हजार रुपैयाँ सहयोग गरेका छन् ।  पुनले सहयोग रकम सहारा क्लबका पूर्व अध्यक्ष विक्रम थकाली, अन्तरराष्ट्रिय समन्वय उपसमिति सहसंयोजक सुर्दशन रञ्जितको उपस्थितिमा अध्यक्ष बराललाई हस्तान्तरण गरेको मञ्चका महासचिव राजाराम पौडेलले जनाए ।

अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई पुरस्कृत प्रचार प्रसार उपसमितिका संयोजक पनि रहेका महासचिव पौडेलले बताए ।

बैशाख २८ गते  पोखरा सभागृह हलमा आयोजना हुने अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग रहनेछ भने पोखरा महानगरपालिका र राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सघाउनेछन् । प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, अफिसियल रिसोर्टको रुपमा पोखरा लेकसाइडमा रहेको मझेरी रिर्सोट एण्ड स्पा रहेको छ ।

यसका अलवा टेल्जी इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता योमामा इ मोर्टस् प्रा.लि., सहारा क्लब पोखरा, साहस स्पोर्टस, गण्डकी प्रज्ञा–प्रतिष्ठान, केसी ग्रुप, मादी गाउँपालिका, रुपा गाउँपालिका, गुरुङ हर्वल व्युटी पार्लर लगायत रहेका छन् ।