माघ १६, २०८२ शुक्रबार | २२:४५:५३
साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो

स्वर्ण विजेता बास्केटबल टोली सम्मानित

काठमडौं । चीनको युनानमा भएको एक अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगितामा स्वर्ण पदक विजेता नेपाली नेपाली राष्ट्रिय ‘थ्री एक्स थ्री’ बास्केटबल टिमको सम्मान गरिएको छ ।

नेपाल बास्केटबल संघले बिहीबार प्रात्साहनस्वरुप टोलीका सदस्यलाई जनही ३० हजार रुपैयाँले सम्मान गरेको हो ।

युनान प्रान्तको खेलकुद ब्यूरोद्धारा आयोजित युनान प्रान्त बोर्डर ह्याप्पिनेस भिलेज स्पोर्टस कार्निभलमा नेपाली टोलीले सोमबार स्वर्ण पदक जितेको थियो । यो नेपाली बास्केटबल टोलीले जितेको पहिलो अन्तर्राष्ट्रिय स्वर्ण हो ।

प्रतियोगितामा नेपालसहित विभिन्न सात देश र चीनका विभिन्न प्रान्त तथा विश्वविद्यालय गरी ३९ टोलीले भाग लिएका थिए । प्रतियोगितामा सहभागी हुने अन्तर्राष्ट्रिय टिममा नेपाल, माल्दिभ्स, लाओस, भियतनाम, थाइल्यान्ड, म्यानमार र क्याम्बोडिया थिए ।

नेपाललाई ऐतिहासिक स्वर्ण पदक जिताउने टोलीमा विजय बुर्जा, निकेश मगर, मनिष केसी, निश्चल महर्जन र प्रशिक्षक सुशील गुरुङ थिए ।

नेपालका मनिष केसी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी तथा प्रशिक्षक गुरुङ उत्कृष्ट प्रशिक्षक चुनिएका थिए । गत शुक्रबार सुरु भएको प्रतियोगिता सोमबार सम्पन्न भएको थियो ।

अध्यक्ष भीमसिंह गुरुङले लामो समयपछि स्वर्ण पदक जित्दा खुसी लागेको बताउँदै नेपालले ‘थ्री एक्स थ्री’ बास्केटबलको विश्व छनोटमा भाग लिन जानकरी गराए ।

‘लामो समयपछि स्वर्ण पदक जितेका छौं । खेलाडी प्रशिक्षक सबैलाई बधाई । हामी खेलको विकासका लागि प्रयास गरिरहेका छौं । प्रतियोगिता बढाउनु पर्नेछ । अभ्यास कसरी प्रभावकारी बनाउन सकिन्छ त्यसतर्फ ध्यान दिएका छौं । वार्षिक योजना बनाएका छौं,’ अध्यक्ष गुरुङले भने, ‘यो त सुरुआत मात्रै हो अझै धेरै सफलता प्राप्त गर्नुछ । यसले केही गर्नुपर्छ भन्ने हौसला थपेको छ । थ्री एक्स थ्री बास्केटबलको विश्व छनोटमा भाग लिन्छौं । खेलाडीलाई एक्स्पोजर दिनेमा ध्यान केन्द्रित गर्नेछौं । यो पुरस्कार वितरण सानो प्रयास  हो । श्रोत साधन धेरै छैन । बिस्तारै यसलाई बढाउँदै जानेछौं ।’ 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।