चैत्र १२, २०८२ बिहीबार | १३:१६:३५
इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा

स्वर्ण विजेता बास्केटबल टोली सम्मानित

काठमडौं । चीनको युनानमा भएको एक अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगितामा स्वर्ण पदक विजेता नेपाली नेपाली राष्ट्रिय ‘थ्री एक्स थ्री’ बास्केटबल टिमको सम्मान गरिएको छ ।

नेपाल बास्केटबल संघले बिहीबार प्रात्साहनस्वरुप टोलीका सदस्यलाई जनही ३० हजार रुपैयाँले सम्मान गरेको हो ।

युनान प्रान्तको खेलकुद ब्यूरोद्धारा आयोजित युनान प्रान्त बोर्डर ह्याप्पिनेस भिलेज स्पोर्टस कार्निभलमा नेपाली टोलीले सोमबार स्वर्ण पदक जितेको थियो । यो नेपाली बास्केटबल टोलीले जितेको पहिलो अन्तर्राष्ट्रिय स्वर्ण हो ।

प्रतियोगितामा नेपालसहित विभिन्न सात देश र चीनका विभिन्न प्रान्त तथा विश्वविद्यालय गरी ३९ टोलीले भाग लिएका थिए । प्रतियोगितामा सहभागी हुने अन्तर्राष्ट्रिय टिममा नेपाल, माल्दिभ्स, लाओस, भियतनाम, थाइल्यान्ड, म्यानमार र क्याम्बोडिया थिए ।

नेपाललाई ऐतिहासिक स्वर्ण पदक जिताउने टोलीमा विजय बुर्जा, निकेश मगर, मनिष केसी, निश्चल महर्जन र प्रशिक्षक सुशील गुरुङ थिए ।

नेपालका मनिष केसी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी तथा प्रशिक्षक गुरुङ उत्कृष्ट प्रशिक्षक चुनिएका थिए । गत शुक्रबार सुरु भएको प्रतियोगिता सोमबार सम्पन्न भएको थियो ।

अध्यक्ष भीमसिंह गुरुङले लामो समयपछि स्वर्ण पदक जित्दा खुसी लागेको बताउँदै नेपालले ‘थ्री एक्स थ्री’ बास्केटबलको विश्व छनोटमा भाग लिन जानकरी गराए ।

‘लामो समयपछि स्वर्ण पदक जितेका छौं । खेलाडी प्रशिक्षक सबैलाई बधाई । हामी खेलको विकासका लागि प्रयास गरिरहेका छौं । प्रतियोगिता बढाउनु पर्नेछ । अभ्यास कसरी प्रभावकारी बनाउन सकिन्छ त्यसतर्फ ध्यान दिएका छौं । वार्षिक योजना बनाएका छौं,’ अध्यक्ष गुरुङले भने, ‘यो त सुरुआत मात्रै हो अझै धेरै सफलता प्राप्त गर्नुछ । यसले केही गर्नुपर्छ भन्ने हौसला थपेको छ । थ्री एक्स थ्री बास्केटबलको विश्व छनोटमा भाग लिन्छौं । खेलाडीलाई एक्स्पोजर दिनेमा ध्यान केन्द्रित गर्नेछौं । यो पुरस्कार वितरण सानो प्रयास  हो । श्रोत साधन धेरै छैन । बिस्तारै यसलाई बढाउँदै जानेछौं ।’ 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो