ट्रायथलन

एसिया कप ट्रायथलनमा सिफेल्दिन र इड्डा च्याम्पियन

एसिया कप ट्रायथलनमा पुरुषतर्फ पदक विजेता

पोखरा । सातौं एसिया कप ट्रायथलन २०२४ मा पुरुषतर्फ इजिप्टका सिफे्ल्दिन इस्माइल र महिलातर्फ इजरायलकी इड्डा जानेसडोटिर च्याम्पियन भएका छन् ।

नेपाल ट्रायथलन संघको आयोजनामा पोखरामा शनिबार सम्पन्न सिफेल्दिनले ७ ५० मिटर पौडी, २० किमि साइक्लिङ र ५ किलोमिटर दौड सम्पन्न गर्न ५६ मिनेट ४५ सेकेन्डको समय लिए ।

पुरुषतर्फ नै अस्ट्रेलियाका ब्रुकलिन हेनरी ५७ मिनेट १० सकेन्डका साथ दोस्रो तथा  जापानका मिट्सुहो मोचीजुकी ५७ मिनेट २० सेकेन्ड निकाल्दै तेस्रो स्थानमा  । यसै गरी अस्ट्रेलियाका निक फ्रिस्बी चौथो भए । उनले आफ्नो दुरी ५७ मिनेट २५ सेकेन्डमा सक्दा पाँचौ स्थानमा रहेका जापानका युया कोवायासीले ५७ मिनेट २५ सेकेण्डको समय लिए ।

यसैगरी महिलातर्फ च्याम्पियन इड्डाले १ घन्टा ६ सेकेन्डको समय निकालिन् । यस्तै गाम्बियाकी इजिमा मानामी इजिमाले १ घन्टा ४२ मिनेट लिंदै दोस्रो तथा १ घन्टा ४ मिनेट १८ सेकेन्डका साथ उज्बेकिस्तानकी एलिना खाकीमोभा तेस्रो स्थानमा रहे ।

१ घन्टा ५ मिनेट ९ सेकेण्डको समयमा दौड पुरा गरेकी इन्डोनेशियाकी मार्टिना  प्रातिवी चौथो र १ घन्टा ५ मिनेट २९ सेकेण्डका आफ्नो प्रतिस्पर्धा पुरा गरेकी जापानकी इकुमी सेतोले पाँचौ स्थान हासिल गरे

एसियाकप ट्रायथलन अन्तर्गत पुरुषतर्फ ३८ र महिलातर्फ २४ खेलाडीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा नेपालसहित २० देशका अस्ट्रेलिया, युनाइटेड अरब ईमिरेट्स (युएई), गाम्विया, प्लेस्टाइन, उरुग्ये, अस्ट्रिया, अल्जेरिया, न्यूजिल्याण्ड, लक्जम्वर्ग, जापान, भारत, मरिसस, काजाकास्तान, वंगालादेश, उज्बेकिस्तानलगायतका देशका खेलाडीले सहभागिता जनाएका थिए ।

एसिया कप ट्रायथलनमा महिलातर्फ पदक विजेता

साउथ एसिया ट्रायथलन च्याम्पियनसिप

१०औं  साउथ एसिया ट्रायथलन च्याम्पियनसिपमा पुरुषतर्फ भारतका आदर्श मुरलीधरन विजेता बनेका छन् । उनले १ घन्टा २ मिनेट ३ सेकेन्ड लिए । भारतकै कौशिक विनय मालन्दकर १ घन्टा ३ मिनेट ६ सेकेन्डका साथ दोस्रो तथा नेपालका विपन खत्कत्वा १ धन्टा ५   मिनेट २५ सकेन्डको समय निकाल्दै तेस्रो भए ।

त्यसैगरी महिलातर्फ भारतकी मान्सी मोहिती विजजेता बनिन् । उनले १ घन्टा ७ मिनेट ५१ सेकेण्डमा पौडी, साइक्लिङ र दौड पुरा गरिन्।  नेपालकी श्रेवी महर्जन दोस्रो तथा नेपालकै शोभा बलामी तेस्रो स्थानमा रहे ।  लक्ष्य पूरा गर्न श्रेवीले १ घन्टा ११ मिनेट ४५ सेकेन्ड तथा शोभाले १ घन्टा २१ मिनेट १३ सेकेन्ड खर्चिए ।

राष्ट्रिय ट्रायथलन च्याम्पियनसिप

प्रतियोगिता अन्तर्गत सम्पन्न राष्ट्रिय ट्रायथलनमा विपन खत्कत्वा विजेता बनेका छन् । उनले १ घन्टा ५ मिनेट २५ सेकेन्डको लिए । १ घन्टा ६ मिनेट २० सेकेन्डका साथ प्रविन थारु दोस्रो तथा १ घन्टा ७ मिनेट ४८ सेकेण्डको समय लिएका मुकेश थारु तेस्रो भए ।

यसैगरी महिलातर्फ १ घन्टा २१ मिनेट ५७ सेकेन्डमा दुरी पार गरेकी श्रेवी महर्जन विजेता बनिन् । शोभा बलामी दोस्रो र ज्ञानु कुमारी चौधरी तेस्रो भए ।

जुनियर साउथ एसिया च्याम्पियनसिप

जुनियर साउथ एसिया च्याम्पियनसिपमा भारतका साइ केडी र भारतकै कृषिभ पटेल पहिलो र दोस्रो हुँदा नेपालका यजु महर्जन तेस्रो भए  । महिलारतर्फ नेपालकी श्रेवी महर्जनले विजेता भएकी छन् । त्यस्तै दोस्रो र तेस्रो स्थानमा भारतका खेलाडीद्वय दुर्विशा पवार र प्रेरणा श्रवण कुमार रहे  ।

वजेतलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिब टंकलाल घिसिङ, प्रदेश खेलकुदका सदस्य सचिव श्रीधर शर्मा, नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष एवं गण्डकी प्रदेशका पूर्व सांसद दिपक कोइरालालागयतले नगद, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।