सहिद स्मारक ‘सी’ डिभिजन लिग

पुल्चोकको फराकिलो जित

काठमाडौं । पुल्चोक स्पोर्टस क्लबले सहिद स्मारक ‘सी’ डिभिजन लिगमा महावीर क्लबविरुद्ध ४-० को फराकिलो जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा शुक्रबार पुल्चोकलाई जित दिलाउन सुमन श्रेष्ठले दुई तथा सिरबलो तामाङ र सुमित मल्लले समान एक गोल गरे ।

जितसँगै सात खेलमा १५ अंक जोडेको पुल्चोक तेस्रो स्थानमा उक्लिएको छ । पराजित महावीर समान खेलबाट आठ अंकका सात १०औं स्थानमा छ ।  

खेलकाे १७औं मिनेटमा सिरबको पेनाल्टी गोलमार्फत पुल्चोकले अग्रता लियो । ६३औं मिनेटमा सुमनले टोलीको अग्रता दोब्बर बनाए ।

७०औं मिनेटमा सुमितले टोलीका लागि तेस्रो गोल गरे । निर्धारित समय सकिन चार मिनेट बाँकी छँदा सुमनले ब्यक्तिगत दोस्रो गोल गर्दा पुल्चोक ४-० ले विजयी भयो ।

शुक्रबार नै सम्पन्न पहिलो खेलमा बागमती युवा क्लबले रानीवन स्पोर्टस क्लबविरुद्ध ३-१ को जित निकाल्यो ।