पुस २२, २०८२ बुधबार | ०९:२१:३२
आइभरीकोस्ट क्वाटरफाइनलमा फरेस्टले वेष्टहमलाई हरायो एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा स्पोर्टस समिटमा विश्वकप ट्रफी अञ्जिलाको सेथुको कमब्याक जित विधान संशोधन गरेर मात्रै निर्वाचन गर्न राखेपको एन्फालाई निर्देशन मेयर कप ब्याडमिन्टन सुरु इजिप्ट र नाइजेरिया अन्तिम आठमा विश्वकप ट्रफी नेपाल आउनु गौरवपूर्ण क्षणः राष्ट्रपति पौडेल युनाइटेडका मुख्य प्रशिक्षक आमोरिम बर्खास्त आइभरीकोस्ट क्वाटरफाइनलमा फरेस्टले वेष्टहमलाई हरायो एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा स्पोर्टस समिटमा विश्वकप ट्रफी अञ्जिलाको सेथुको कमब्याक जित विधान संशोधन गरेर मात्रै निर्वाचन गर्न राखेपको एन्फालाई निर्देशन मेयर कप ब्याडमिन्टन सुरु इजिप्ट र नाइजेरिया अन्तिम आठमा विश्वकप ट्रफी नेपाल आउनु गौरवपूर्ण क्षणः राष्ट्रपति पौडेल युनाइटेडका मुख्य प्रशिक्षक आमोरिम बर्खास्त

मिसन २०२६ मा राखेपले थप्यो पाँच खेल

उत्प्रेरणा कार्यक्रममा किट्स वितरणपछि कराते टोली ।

काठमाडौं ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन-२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा पाँच खेल थप गरेको छ ।

 मिसन-२०२६ अन्तर्गत पहिलो चरणको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकका लागि सोमबार लाजिम्पाटमा आयोजित उत्प्रेरणा कार्यक्रममा राखेपका सदस्यसचिव टंकलाल घिसिङले दोश्रो चरणमा पनि पाँच खेल थप गरिएको घोषणा गरे ।

थप गरिएका खेलमा महिला कबड्डी, महिला भलिबल, भारोत्तोलन, कुस्ती र एथलेटिक्स छन् । ५२ खेलाडी र १० प्रशिक्षकलाई दोश्रो चरणमा समावेश गरिएको छ ।

कबड्डी र भलिबलमा समान १२, भारोत्तोलन र कुस्तीमा पाँच तथा एथलेटिक्समा समान चार पुरुष/महिला खेलाडी छन् । पहिलो चरणमा कराते, तेक्वान्दो, उसु, जुडो र बक्सिङका ५० खेलाडी र १० प्रशिक्षक तयारी प्रशिक्षणमा छन् ।

जापानमा हुने २०औं एसियाली खेलकुदलाई केन्द्रमा राखेर त्यस अगाडि हुने विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितालाई समेत मध्यनजर गरी राखेपले २०८० साल माघ १५ देखि मिसन-०२६ अन्तर्गत पहिलो चरणमा पाँच खेल समावेश गर्दै राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणको सुरुआत गरेको थियो ।

 उत्प्रेरणा कार्यक्रममा किट्स ग्रहण गर्दै करातेकी एरिका गुरुङ
 

एसियाली खेलकुदपछि अर्को संस्करण लागि राखेपले लगत्तै लामो तयारी थालेको पहिलो पटक हो ।

सदस्यसचिव घिसिङले छोटो तयारीले खेलाडीबाट ठूलो उपलब्धीको अपेक्षा गर्नु जायज नहुने भएकाले १९औं एसियाली खेलकुदपछि स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षण सुरु गरिएको बताए ।

नायक राजेश हमालको उपस्थितिमा भएको उत्प्रेरणा कार्यक्रममा सदस्यसचिव घिसिङले भने‘आजको कार्यक्रम महानायक राजेश हमालको उपस्थितिमा भइरहेको छ । हामी पनि एसियाली खेलकुदमा हाम्रो लक्ष्य पूरा गर्ने नायकहरु खोजिरहेका छौं । तपाईंहरु (खेलाडी) मध्येबाट नै हामीले खेलकुदको नायक पाउने छौं भन्ने मलाई पूर्ण विश्वास छ ।’

उत्प्रेरणा कार्यक्रममा नायक हमालले विगतको कमीकजोरीबाट पाठ सिकेर तयारीलाई अझ परिस्कृत गर्नु पर्ने बताउदै खेलाडीले जस्तोसुकै चुनौती पनि पार गर्न सक्छु भन्ने आत्मविश्वास पैदा गर्न सक्नु पर्ने धारणा राखे ।

राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले विगतमा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि हुने छोटो अवधिको तयारीको अन्त्य गर्दै विगतको भन्दा राम्रो उपलब्धी हासिल गर्न सदस्यसचिवले चालेको कदमको प्रशंसा गर्दै एसियाली खेलकुदमा आफूले जित्न नसकेको स्वर्ण अहिलेको विशेष प्रशिक्षणमा रहेका खेलाडीले जित्ने विश्वास व्यक्त गरे ।

उत्प्रेरणा कार्यक्रममा पहिलो चरणको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकलाई किट्स पनि प्रदान गरिएको थियो । डा. ज्ञानेन्द्र शाहले खेलाडी र प्रशिक्षकलाई डोपिङ सम्बन्धी विविध पक्ष बारे जानकारी गराएका थिए ।


भिडियो
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA