चैत्र १२, २०८२ बिहीबार | २३:५५:४८
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

पुल्चोक शीर्ष स्थानमा

फाइल तस्विर

काठमाडौं । स्पोर्टस एकेडेमी साँगाविरुद्ध ५-१ को सहज जित निकाल्दै पुल्चोक स्पोर्टस क्लब सहिद स्मारक ‘सी’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा सोमबार पुल्चोकलाई जित दिलाउन सिरब लोतामाङले दुई तथा सागर थिङ, सुमन श्रेष्ठ र विश्वास बिसीले गोल गरे । साँगाका लागि विकाश परियारले एक गोल फर्काए ।

जितसँगै पुल्चोकले ९ खेलमा १९ अंक जोडेको छ । आरसी ३२ फुटबल एकेडेमीसँग बराबरी अंक भए पनि पुल्चोक गोल अन्तरमा अगाडि छ । पराजित साँगा समान खेलबाट १२ अंकका साथ सातौं स्थानमा छ ।

पुल्चोकलाई जित दिलाउन सिरब लोतामाङले दुई तथा सागर थिङ, सुमन श्रेष्ठ र विश्वास बिसीले गोल गरे । साँगाका लागि विकाश परियारले एक गोल फर्काए ।

खेलको १५औं मिनेटमा सागरको गोलमार्फत अग्रता लिएको थियो । ११ मिनेटपछि सिरबले टोलीको अग्रता दोब्बर बनाए । 

सुमनले ४६औं मिनेटमा पुल्चोकका लागि तेस्रो गोल गरे । ८०औं मिनेटमा विश्वासले गोल गर्दा पुल्चोक ४-० ले अगाडि बढ्यो ।

दुई मिनेटपछि विकाशले गरेको गोल साँगाका लागि सान्त्वना बन्यो । अन्तिम मिनेटमा सिरबले ब्यक्तिगत दोस्रो गोल गर्दा पुल्चोक ५-१ ले विजयी भयो ।

यससँगै सिरब उच्च गोलकर्ताको सूचीमा शीर्ष स्थानमा उक्लिएका छन् । लिगमा यो उनको आठौं गोल हो ।

सिरबलाई समाज कल्याणका रोशन क्षेत्रीले ६ गोलका साथ पछ्याइरहेका छन् । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो