माघ १८, २०८२ आइतबार | १३:१९:२७
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

पुल्चोक शीर्ष स्थानमा

फाइल तस्विर

काठमाडौं । स्पोर्टस एकेडेमी साँगाविरुद्ध ५-१ को सहज जित निकाल्दै पुल्चोक स्पोर्टस क्लब सहिद स्मारक ‘सी’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा सोमबार पुल्चोकलाई जित दिलाउन सिरब लोतामाङले दुई तथा सागर थिङ, सुमन श्रेष्ठ र विश्वास बिसीले गोल गरे । साँगाका लागि विकाश परियारले एक गोल फर्काए ।

जितसँगै पुल्चोकले ९ खेलमा १९ अंक जोडेको छ । आरसी ३२ फुटबल एकेडेमीसँग बराबरी अंक भए पनि पुल्चोक गोल अन्तरमा अगाडि छ । पराजित साँगा समान खेलबाट १२ अंकका साथ सातौं स्थानमा छ ।

पुल्चोकलाई जित दिलाउन सिरब लोतामाङले दुई तथा सागर थिङ, सुमन श्रेष्ठ र विश्वास बिसीले गोल गरे । साँगाका लागि विकाश परियारले एक गोल फर्काए ।

खेलको १५औं मिनेटमा सागरको गोलमार्फत अग्रता लिएको थियो । ११ मिनेटपछि सिरबले टोलीको अग्रता दोब्बर बनाए । 

सुमनले ४६औं मिनेटमा पुल्चोकका लागि तेस्रो गोल गरे । ८०औं मिनेटमा विश्वासले गोल गर्दा पुल्चोक ४-० ले अगाडि बढ्यो ।

दुई मिनेटपछि विकाशले गरेको गोल साँगाका लागि सान्त्वना बन्यो । अन्तिम मिनेटमा सिरबले ब्यक्तिगत दोस्रो गोल गर्दा पुल्चोक ५-१ ले विजयी भयो ।

यससँगै सिरब उच्च गोलकर्ताको सूचीमा शीर्ष स्थानमा उक्लिएका छन् । लिगमा यो उनको आठौं गोल हो ।

सिरबलाई समाज कल्याणका रोशन क्षेत्रीले ६ गोलका साथ पछ्याइरहेका छन् । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।