महिला लिग छनोट

बागमतीविरुद्ध सुदूरपश्चिमको फराकिलो जित

काठमाडौं । एन्फा महिला लिग छनोटमा सुदुरपश्चिम प्रदेशले शनिबार बागमती प्रदेशविरुद्ध ६-० को फराकिलो जित निकालेको छ ।

जितसँगै चार खेलमा नौ अंक जोडेको सुदूरपश्चिम दोस्रो स्थानमा कायम छ । चारै खेलमा पराजित बागमती अंकविहिन हुँदै पुछारमा छ ।

सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली रंगशालामा सुदूरपश्चिमलाई जित दिलाउन यशोधा चिरालले ह्याट्रिक पूरा गरिन् । यसैगरी मिन देउवाले दुई र विर्सना चौधरीले एक गोल थपे ।

खेलको २६औं मिनेटमा यशोधाको गोलमार्फत सुदूरपश्चिमले अग्रता लियो । तीन मिनेटपछि नै विर्सनाले टोलीको अग्रता दोब्बर बनाइन् ।

यशोधाले ४४ औं मिनेटमा ब्यक्गित दोस्रो गोल गर्दा पहिलो हाफमै सुदूरपश्चिमले ३-० को आरामदायी अग्रता बनायो । ७१औं मिनेटमा यशोधाले प्रतियोगिताको पहिलो ह्याट्रिक पूरा गर्दै टोेलीलाई ४-० ले अगाडि बढाइन् ।

मिनाले ८१ र ८९औं मिनेटमा गोल गर्दै  सुदूरपश्चिमलाई ६-० को फराकिलो जित दिलाइन् ।