काठमाडौं । अग्रता जोगाउन नसक्दा मनोहारा युनाइटेड सहिद स्मारक ‘सी’ डिभिजन लिगमा बिहीबार सामाजिक युवा क्लबसँग १-१ को बराकरीमा रोकिएको छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा मनोहराका लागि पुजन चौधरी र सामाजिकका लागि बसन्तबहादुर रानाले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको हो ।
बराबरीसँगै सात खेलमा १३ अंक जोडेको मनोहरा तेस्रो स्थानमा उक्लिएको छ । समाजिक समान खेलबाट नौ अंकका साथ सातौं स्थानमा छ ।

खेलको ६७औं मिनेटमा पुनजको गोलमार्फत मनोहराले अग्रता लियो । तर मनोहरको यो अग्रता लामो समयसम्म टिक्न पाएन ।
गोल खाएको एक मिनेट पनि नबित्दै बसन्तले समाजिकका लागि बराबरी गोल गरे ।
बिहीबार नै सम्पन्न खेलमा समाज कल्याण खेलकुद विकास केन्द्रले गोलबजार स्पोर्टस क्लबविरुद्ध २-१ को रोमाञ्चक जित निकाल्यो ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
