इन्डियन प्रिमियर लिग

पञ्जाब र बेंगलुरु भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा बिहीबार पञ्जाब किंग्सले रोयल च्यालेन्जर्स बेंगलुरुको सामना गर्दैछ । खेल धर्मशालास्थित हिमाचल प्रदेश क्रिकेट एसोसिएसन रंगशालामा साँझ नेपाली समय अनुसार ७ः४५ बजेदेखि सुरु हुनेछ ।

यो सिजन पञ्जाब र बेंगलुरु दोस्रो पटक आमने सामने हुँदैछन् । पहिलो भेटमा बेंगलुरु चार विकेटले विजयी भएको थियो ।

दुवै टोली आफ्नो १२औं खेल खेल्दैछन् । ११ खेलमा समान चार जित र सात हारको नितजा निकालेका दुर्वै टोलीको सामन आठ अंक छ । रनरेटमा अगाडि रहँदा बेंगलुरु सातौं र पञ्जाब आठौं स्थानमा छन् ।

पञ्जाब शिखर धवन र बेंगलुरु फाफ डुप्लेसीको कप्तानीमा मैदान उत्रिनेछन् ।

आइपिएलमा पञ्जाब र बेंगलुरुबीच हालसम्म ३२ खेल भएका छन्। जसमा पञ्जाबले १७ र बेंगलुरुले १५ जित निकालेका छन् ।