इन्डियन प्रिमियर लिग

मुम्बई आइपिएलको प्ले अफ दौडबाट बाहिरिने पहिलो टोली

काठमाडौं । पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) को १७औं संस्करणमा प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ।

बुधबार सनराइजर्स हैदराबादले लखनउ सुपर जायन्ट्सलाई १० विकेटले पराजित गरेसँगै मुम्बईको प्ले अफ सम्भावना सकिएको हो ।

मुम्बईले यस सिजन टोलीमा ठूलो परिवर्तन गरेको थियो। रोहित शर्मालाई हटाएर हार्दिक पाण्ड्यलाई कप्तानी जिम्मेवारी दिइएको थियो। तर, टोलीले १२ मध्ये चार खेलमा मात्र जित निकालेको छ।

मुम्बईले कोलकाता नाइट राइडर्स र लखनउसँग खेल्न बाँकी छ। यी दुई खेल जिते पनि मुम्बईको १२ अंक हुनेछ । जुन मुम्बईले प्ले अफ पुर्याउन पर्याप्त छैन ।


मुम्बईका लागि जसप्रितबुमराहले १२ खेलमा १८ विकेट लिएका छन्। उनीबाहेक मुम्बईका अन्य कुनै पनि बलर चल्न सकेका छैनन् ।

ब्याटिङमा पनि मुम्बई प्रदर्शन निरासाजनक छ । मुम्बईका लागि तिलक बमाएले सर्वाधिक ३८४ रन बनाएका छन् ।