ललितपुर मेयर कप क्रिकेट

बागमती र ललितपुरको टोली घोषणा

फाइल तस्विरः बागमती प्रदेश

काठमाडौं । ललितपुर मेयर कप राष्ट्रिय महिला ट्वान्टी २० प्रतियोगिताका लागि बागमती प्रदेश र ललितपुर मेयर ११ को टोली घोषणा भएको छ ।

बैशाख २९ देखि जेठ ५ सम्म हुने प्रतियोगिताका लागि बागमतीले अस्मिना कर्माचार्य र ललितपुरले पुजा महतोको कप्तानीमा टोली घोषणा गरेका हुन् ।

प्रतियोगिताको चौथो संस्करणमा नेपाल एपिएफ क्लब, बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश र ललितपुर मेयर ११ गरी पाँच टोलीको सहभागिता रहनेछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा ललितपुर र बागमती भिड्नेछन् । खेल दिउँसो १ः३० बजे हुनेछ ।

लिग चरणमा एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन् । अघिल्ला तीनै संस्करणको उपाधि एपिएफले जितेको थियो ।

बागमतीको टोली 
अस्मिना कर्माचार्य (कप्तान), विपिशा शाही, सोनी पाख्रिन, करिस्मा गुरुङ, खुशी डंगोल, यशु पाण्डे, संस्कृति फुयाल, यशोधा विष्ट, कञ्चन श्रेष्ठ, मनिषा उपाध्याय, हेलिशा गुरुङ, पूजा साउद, सलिना सिलवाल

ललितपुर मेयर ११ को टोली
पूजा महतो (कप्तान), लक्ष्मी चौधरी, साना प्रविण, आरती महतो, सरस्वती चौधरी, कृतिका मरासिनी, आस्मा पुलामी, सरस्वती जिएम, ज्योत्स्निका मरासिनी, सिमान केसी, सृष्टि जैसी, कुसुम गोदार, किरण कुँवर, तिर्सना विक