माईजोगमाई अध्यक्ष कप

माईजोगमाई अध्यक्ष कपः माईजोगमाई र देउमाई सेमिफाइनलमा

इलाम । माईजोगमाई गाउँपालिका र देउमाई नगरपालिका बिहीबार दोश्रो माईजोगमाई अध्यक्ष कप अन्तरपालिका फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेका छन् ।

पहिलो क्वार्टरफाइनलमा माईजोगमाईले रोङ गाउँपालिकालाई सडनडेथमा ५-४ ले हरायो ।निर्धारित समयमा दुवै टोलीबाट २-२ गोल भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो ।

यसैगरी दोश्रो क्वार्टरफाइनलमा देउमाईले चुलाचुली गाउँपालिकालाई ३-१ ले पराजित गर्यो ।

खेलको १९ औं मिनेटमा सुदर्शन लिम्बुको गोलमार्फत देउमाईले अग्रता लियो । ४१औं मिनेटमा आशिष राईले खेल बराबरी गरे । 

मुकेश मगरले ४९औं मिनेट र इन्जुरी समयमा गोल गर्दै जोगमाईलाई ३-१ को जित दिलाए ।

शुक्रबार तेश्रो क्वार्टरफाइनलमा इलाम नगरपालिका र माङसेबुङ गाउँपालिका तथा चौथो क्वार्टरफाइनलमा सूर्योदय नगरपालिका र माई नगरपालिका भिड्नेछन्

इलामले सन्दकपुर गाउँपालिका र फाकफोथुम गाउँपालिकालाई हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएका हुन् ।