बायर लेभरकुसन

लेभरकुसन युरोपा लिगको फाइनलमा

काठमाडौं । इटालियन महारथी रोमालाई ४–२ ले पराजित गर्दै जर्मन बुन्डेसलिगा क्लब बायर लेभरकुसन युइएफए युरोपा लिगको फाइनलमा स्थान बनाएको छ ।

बिहीबार राति घरेलु मैदानमा २–२ को बराबरी खेलेपनि बायरले पहिलो लेग जितेको आधारमा फाइनलमा स्थान बनाएको हो । इटालीमा भएको पहिलो लेगमा लेभरकुसन २–० ले विजयी भएको थियो । समग्रमा ४–२ ले विजयी भयो ।

यो जितसँगै लेभरकुसनले आफ्नो अपराजित यात्रा ४९औं खेलमा पुर्‍याएको  छ । सन् १९६३ बाट १९६५ सम्म यो कीर्तिमान बेन्फिकाले बनाएको थियो ।

फाइनल पुगेसँगै जाभी ओलोन्सोको प्रशिक्षणमा रहेको लेभरकुसन ट्रिबल उपाधि नजिक रहेको छ । उसले पहिलो पटक जर्मन बुन्डेसलिगाको उपाधि हात पारिसकेको छ । यसैगरी जर्मन कपको फाइलनमा स्थान बनाएको हो ।

डब्लिनमा हुने फाइनलमा लेभरकुसनले अर्काे इटालियन टोली एट्लान्टाको सामना गर्नेछ ।