चैत्र ३, २०८२ मंगलबार | १८:५८:०१
नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी हर्षित राना आइपिएलबाट बाहिर जय ट्रफीको फाइनल आजबाट नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी हर्षित राना आइपिएलबाट बाहिर जय ट्रफीको फाइनल आजबाट

गोल्डेनपिक, लालीगुँरास, ग्रिनल्यान्ड र स्किब्स क्वार्टरफाइनलमा

प्रतियोगिताको उद्घाटन गरिँदै

काठमाडौं । बसुन्धरा नेसनल एकेडेमी (बिएनए) को आयोजनामा सातौं बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ ।

पहिलो दिन सिनियर ब्वाइजको थ्री एक्स थ्रीमा क्वार्टरफाइनल पुग्ने चार टिमको टुंगो लागेको छ । समूह ‘ए’ बाट गोल्डेनपिक विजेता र लालीगुराँस नेसनल एकेडेमी उपविजेता हुँदैक्वार्टर फाइनल प्रवेश गरे ।

यसैगरी समूह ‘बी’ बाट साविक विजेता ग्रिनल्यान्ड र स्किब्सले क्रमशः विजेता र उपविजेतका हैसियतले क्वार्टरफाइनलमा स्थान बनाए । 

यस्तै जुनियर ब्वाइजमा आयोजक बिएनए, लालीगुराँस र ग्रिनल्यान्डले जित निकाले । बसुन्धरास्थित घरेलु कोर्टमा बिएनएले इडेन ब्रिज एकेडेमी (इबिए) लाई २६-१७ ले पराजित गर्यो । बिएनएको जितमा सिद्धान्त शर्माले १० अंक योगदान गरे ।

प्रजेश महर्जनको ६ अंक सहयोगमा लालीगुराँसले ओडिसी इन्टरनेसनल एकेडेमीलाई १८-१३ ले हरायो । ग्रिनल्यान्डले न्युटनमाथि २०-१६ को जित दर्ता गर्यो । ग्रिनल्यान्डका वियोन गिरीले ६ स्कोर गरे ।

प्रतियोगिताको उद्घाटन टोखा नगरपालिका वडा ५ का अध्यक्ष मदन गुरुङले गरे । सिनियर ब्वाइजमा २०, सिनियर गर्ल्समा १३ तथा जुनियर ब्वाइजमा १२ गरी ४५ टिम सहभागी छन् ।
 


भिडियो
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
APF विरुद्ध जितको नयाँ इतिहास रच्न आतुर TAC FC (ARMY) WOMENS TEAM
NEPAL POLICE CLUB WOMENS FOOTBALL TEAM का ASST. COACH RABIN SHRESTHA I खेल्न पाउनु नै ठूलो कुरा हो ।
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH