ललितपुर मेयर कप क्रिकेट

कोशीको टोली घोषणा

फाइल तस्विर

काठमाडौं । ललितपुर मेयर कप राष्ट्रिय महिला ट्वान्टी २० प्रतियोगिताका लागि कोशी प्रदेशको टोली घोषणा भएको छ ।

कोशी प्रादेशिक क्रिकेट संघले अप्सरी बेगमको कप्तानीमा टोली घोषणा गरेको हो । टोलीमा राष्ट्रिय टोलीकी पूर्व कप्तान रुबिना क्षेत्री भने अटाएकी छैनन् ।

शनिबार देखि हुने प्रतियोगिताको चौथो संस्करणमा नेपाल एपिएफ क्लब, बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश र ललितपुर मेयर ११ गरी पाँच टोलीको सहभागिता रहनेछ ।

कोशीले आइतबार सुदूरपश्चिम प्रदेशसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

कोशीको टोली

अप्सरी बेगम (कप्तान), सबनम राई, संगिता राई, काजल श्रेष्ठ (विकेटकिपर), टीका शाह, एलिसा खडिया, काजल राजवंशी, सानु राजवंशी, हिरनमाया रोय, पूर्णिमा राजवंशी, हेमावती रोय, बन्दना राजवंशी, प्रिंका रानामगर, सिर्जनाकुमारी राजवंशी