युरोपियन फुटबल

युरोपको फुटबल सिजन क्लाइमेक्स तिर, लन्डनमा स्पेनिस र जर्मन क्लबको महाभिडन्त

रियाल मड्रिड

काठमाडौं । सान्टियागो बेर्नाबेउमा एक अर्को जादुयी रात । रियाल मड्रिड फेरि एकपल्ट युरोपेली च्याम्पियन्स लिग फुटबलको फाइनल पुगेको छ ।  रियाल कीर्तिमान १४ पल्टको युरोपेली विजेता हो । टोलीले यसपल्टको फाइनल पुग्न बायर्न म्युनिखविरुद्ध गजबको पुनरागमन रच्यो ।

पछिल्लो तीन सिजनमध्ये दुईमा फाइनल पुगेको रियाल एक समय बायर्नसँग पराजित हुँदै बाहिरिने अवस्थामा थियो । तर,  रियालले अन्तिम क्षणतिर सम्भव दुई गोलको सहयोगमा बायर्नलाई २-१ ले हराउन सफल भयो ।

खासमा पिएसजी नै फाइनल पुग्ने अनुमान थियो । टोलीको प्रदर्शन केही हदसम्म यसका लागि हकदार पनि थियो । तर, फेरि एकपल्ट उही पुरानो कथा दोहोरियो, पिएसजी फेरि एकपल्ट युरोपमा असफल बन्यो ।

जोसेलुले ८८ औं मिनेटमा पहिलो गोल गरेपछि दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा दोस्रो गोल पनि थपेका थिए अनि रियाल समग्रमा ४-३ ले अगाडि रह्यो । 

यसपल्टको युरोपेली फुटबल सिजन अन्त्यतिर अग्रसर छ । युरोपका तीन प्रतियोगिताको फाइनल समीकरण पनि पूरा भएको छ । च्याम्पियन्स लिगको जुन १ मा वेम्बलीमा हुने फाइनलमा अब स्पेनी ला लिगा क्लब रियलले जर्मनीको बोरुसिया डर्टमन्डको सामना गर्नेछ ।

जोसेलु

 यसपल्ट डर्टमन्ड भने एक प्रकारले आश्चर्यजनक टिम देखियो । जर्मन बुन्डेसलिगामै शीर्ष चारमा पुग्न संघर्षरत डर्टमन्डले पेरिस सेन्ट जर्मन (पिएसजी) लाई पन्छाएको हो । दोस्रो लेगमा डर्टमन्ड १-० ले विजयी रह्यो र समग्रमा २-० को अग्रता बनाउन सफल भयो ।

खासमा पिएसजी नै फाइनल पुग्ने अनुमान थियो । टोलीको प्रदर्शन केही हदसम्म यसका लागि हकदार पनि थियो । तर, फेरि एकपल्ट उही पुरानो कथा दोहोरियो, पिएसजी फेरि एकपल्ट युरोपमा असफल बन्यो ।

यसको अर्थ के रह्यो भने विश्व फुटबलको यो पुस्ताका सबैभन्दा उत्कृष्ट खेलाडीमध्ये एक रहेका केलियन एमबाप्पेले पिएसजीका लागि युरोपमा केही पनि जित्न सकेनन् ।

अब उनी लगभग खाली हात पिएसजी छाडेर अन्यत्र जानेछन् । सम्भवतः रियाल नै । पिएसजीले घरेलु लिग र कप त जति जित्यो, तर टोलीले कहिले पनि युरोपमा आफूलाई च्याम्पियन बनाउन सकेन । भलै, यसका लागि प्रशस्त खर्च पनि गर्यो । एमबाप्पेको मनमा जहिल्यै यसबारे अपसोच भने रहनेछ ।

 केलियन एमबाप्पे

युरोपको दोस्रो ठूलो प्रतियोगिता युरोपा लिगको फाइनलमा भने जर्मनीको बायर लेभरकुसन र इटालीको एटलान्टा भिड्ने छन् । जाभी अलोन्सोको लेभरकुसनले कीर्तिमान ४९ खेलको अपराजित यात्रा कायम राख्दै युरोपा लिगको फाइनल यात्रा तय गरेको हो । यो आफैंमा अविश्वसनीय छ । यसक्रममा टोलीले ४० जित आत्मसात गरेको छ । 

यहाँनिर प्रश्न हो,लेभरकुसन पूरा सिजन के अपराजित रहने त होइन ? टोलीको लक्ष्य यही हुनुपर्छ ।

लेभरकुसनले एएस रोमालाई सेमिफाइनल दोस्रो लेगमा २-२ को बराबरीमा रोक्यो र समग्रमा ४-२ को अग्रता बनाएको थियो ।

एटलान्टाले अर्को सेमिफाइनल दोस्रो लेगमा मार्सेलाई ३-० ले हराएको थियो । त्यससँगै एटलान्टा समग्रमा ४-१ ले अगाडि रह्यो ।

बायर लेभरकुसन 

यहाँनिर प्रश्न हो,लेभरकुसन पूरा सिजन के अपराजित रहने त होइन ? टोलीको लक्ष्य यही हुनुपर्छ । युरोपका तेस्रो प्रतियोगिता युरोपा कन्फ्रेन्स लिगको फाइनलमा भने ग्रिसको ओलम्पियाकोस र इटालीको फियोरेन्टिना भिड्ने छन् ।