क्रिस्टियानो रोनाल्डो

रोनाल्डोको गोलमा अल नासर विजयी

काठमाडौं । कप्तान क्रिष्टियानो रोनाल्डोको गोल प्रेरित अल नासरले साउदी प्रो लिगमा अल अख्दोउदविरुद्ध ३–२ को रोमाञ्चक जित निकालेको छ ।

बुधबार राति भएको खेलमा अल नासरले पहिलो हाफमै २–० को अग्रता लिएको थियो । खेलको सातौँ मिनेटमा मार्सेलो ब्रोजोभिकले अल नासरलाई अग्रता दिलाएका थिए । १५औं मिनेटमा रोनाल्डोले दोस्रो गोल गरेका हुन् ।

दोस्रो हाफमा अख्दोउदले दुई गोल फर्काउँदै २–२ को बराबरीमा ल्याएका हुन् । हसन अल हविवले ६०औं मिनेटमा २–१ को अग्रता झारे । साविओर गोड्विनले ७०औं मिनेटमा गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए ।

ब्रोजोभिकले इन्जुरी समयमा विजयी गोल गरेका हुन् । जितपछि अल नासर ३१ खेलबाट ७७ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । ३० खेल खेलेको अल हिलाल ८६ अंकसहित शीर्ष स्थानमा छ ।