चैत्र ६, २०८२ शुक्रबार | १२:०३:०२
नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो

३५ जनाको भिषा प्रकृया बढाइदिन दूतावासलाई एन्फाको निवेदन

काठमाडौं । यही बैशाख २४ गते बेलायतको अल्डरसटमा इङ्ल्यान्ड ‘सी’ र नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मैत्रिपुर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ(एन्फा)ले नेपालस्थित बेलायती दुतावाससँग ३५ जनाको भिषा प्रकृयाका लागि आग्रह गरेको छ ।

यसअघि एन्फा राष्ट्रिय खेलकुद परिषद(राखेप) समक्ष ३५ जनाका लागि स्विकृति मागेको थियो । त्यसमा पाँच जना एन्फा भिआइपी थपिएका छन् ।

 यी सात पदाधिकारीमा प्रशिक्षक, टोली व्यवस्थापक, सहायक प्रशिक्षक, गोलकिपर प्रशिक्षक, फिजियो, अफिसियल र हेड अफ डेलिगेट्स छन् ।

त्रिपक्षिय सम्झौतामा ३५ सदस्यीय टोलीको मात्रै सम्पूर्ण खर्च आयोजकले बेहोर्ने छ । तर, एन्फा स्रोतले बाँकी एक दर्जनको पनि ब्यक्तिगत प्रकृयाबाट भिषा लगाउने योजना बनाएको बताएकाे छ ।

पछिल्लो समय युवा तथा खेलकुद मन्त्रालय र राखेपले पदाधिकारीलाई विदेश भ्रमणमा पठाउन कठाई गरेपछि एन्फाले बाँकी पदाधिकारीलाई ब्यक्तिगत रुपमा भिषा लगाउने र त्यसको खर्च एन्फा आफैले बेहोर्ने गरी प्रक्रिया अगाडि बढाएको स्रोतले बताएको छ । 

३५ सदस्यीय टोलीबाट यसअघि बहराइन गएका गोलकिपर प्रशिक्षक मनिष तिम्सिना रहेका छैनन् । 

एन्फाले भिषा प्रकृया अगाडि बढाएका खेलाडी

किरणकुमार लिम्बु, अभिषेक बराल, विशाल सुनार, छिरिङ लामा, सनिश श्रेष्ठ, अभिषेक लिम्बु, विशाल बस्नेत, विमल पाण्डे, सौभाग्य राई, योगेश गुरुङ, रोहित चन्द, फत्तेमान घले, मणिकुमार लामा, भरत खवास, उत्सव राई, मनिष डाँगी, लाकेन लिम्बु, दिनेश हेन्जन, अन्जन विष्ट, जिलेस्पीजंग कार्की, हिसुब थपलिया, समिर तामाङ, सञ्जीव विष्ट

पदाधिकारी
भिसेन्जो अल्बर्टो एनेस( मुख्य प्रशिक्षक), प्रवेश कटुवाल सहायक प्रशिक्षक, विनोद डंगोल (गोलकिपर प्रशिक्षक), उत्तमराज भण्डारी (टोली व्यवस्थापक) पुरुषोतम थापामगर ( अफिसियल) र मनिष जोशी( हेड अफ डेलिगेट्स)

एन्फा भिआइपी
पंकजविक्रम नेम्वाङ ( अध्यक्ष), दीपक खतिवडा( उपाध्यक्ष), महेन्द्र क्षेत्री ( सदस्य),  विकासनारायण श्रेष्ठ( सदस्य), दोमोदर भट्टराई( संयोजक, साहायक महासचिव)


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो