सन्दिप लामिछाने

सन्दीपको मुद्दा हेर्न नभ्याइनेमा

काठमाडौं । उच्च अदालत पाटनले क्रिकेटर सन्दिप लामिछानेविरुद्धको बलात्कार मुद्दा हेर्न नभ्याइनमा राखेको छ ।

आइतबारको पेसी न्यायाधीशद्वय धीरबहादुर चन्द र चन्द्रमणि ज्ञवालीको संयुक्त इजलासमा परे पनि समय अभावको कारण देखाउँदै हेर्न नभ्याइने सूचीमा राखिएको हो ।  यसअघि वैशाख १० गते तोकिएको पेसी पनि हेर्न नभ्याइनेमा थियो ।

अब नयाँ पेसी बैशाख २३ गतेलाई तोकिएको छ ।

गएको पुस १३ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालको इजालसले बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गरेको थियो। पुस २५ गते सोही इजलासले उनलाई ८ वर्ष कैद सजाय, ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश गरेको थियो। 
जिल्ला अदालले गौशाला २६ नाबालिग नरहेको भनेको थियो।

जिल्ला अदालतको सो फैसला नमिलेको भन्दै उच्च सरकारी वकिल कार्यालयले उच्च अदालत पाटनमा पुनरावेदन दिएको थियो।

त्यसअघि सन्दीपले जिल्ला अदालतले आफूलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन दिएका थिए। त्यसपछि उनले थुना बाहिर बसेर पुनरावेदन गर्ने सुविधा पाएका थिए।