इन्डियन प्रिमियर लिग

गुजरातविरुद्ध बेंग्लुरुको सहज जित

काठमाडौं । विल ज्याक्स र विराट कोहलीको उत्कृष्ट ब्याटिङप्रेरित रोयल च्यालेन्जर्स बेंग्लुरुले इन्डियन प्रिमियर लिग ( आइपिएल) मा घरेलु टोली गुजरात टाइटन्सविरुद्ध नौ विकेटको सहज जित निकालेको छ ।

तेस्रो जितसँगै १० खेलबाट ६ अंक जोडेको बेंग्लुरु अन्तिममा यथावत छ । पराजित गुजरात समान खेलबाट आठ अंकका साथ सातौं स्थानमा छ ।

अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा आइतबार गुजरातले प्रस्तुत गरेको २०१ रनको लक्ष्य बेंग्लुरुले १६ ओभरमा मात्र एक विकेट गुमाउँदै पूरा गर्यो ।

बेंग्लुरुका लागि विलले ४१ बलमा १० छक्का र पाँच चौकाको मद्दतले अविजित १०० रन बनाए । यसैगरी विराट कोहलीले ४४ बलमा ६ चौका र तीन छक्काको मद्दतले लविजित ७० र कपतान फाफ डुप्लेसीले २४ रन बनाए ।

दोस्रो विकेटका लागि विल र विराटले अविजित १६६ रनको साझेदारी गरे । गुजरातका लागि एक मात्र विकेट साइ किशोरले लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको गुजरातले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै २०० रनको योगफल तयार पार्यो ।

गुजरातका लागि साइ सुदर्शनले ४९ बलमा आठ चौका र चार छक्काको मद्दतले अविजित ८४ रनको योगदन गरे । यसैगरी शाहरुख खानले ३० बलमा पाँच छक्का र तीन चौकको मद्दतले ५८, डेविड मिलरले अविजित २६ र कप्तान शुभमन गिलले १६ रन बनाए ।

साइले तेस्रो विकेटका लागि शाहरुखसँग ८६ र चौथो विकेटका लागि मिलरसँग अविजित ६९ रनको साझेदारी गरे । बेंग्लुरुका लागि स्वप्नील सिंह,मोहम्मद सिराज र ग्लेन म्याक्सवेलले समान एक विकेट लिए ।