पाकिस्तान क्रिकेट बोर्ड

ग्यारी क्रिस्टन पाकिस्तानको मुख्य प्रशिक्षकमा नियुक्त

काठमाडौं । पाकिस्तान क्रिकेट बोर्डले आइसिसी ट्वान्टी–२०का लागि ग्यारी क्रिस्टनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

दक्षिण अफ्रिकाका क्रिस्टनको प्रशिक्षणमा भारतले सन् २०११ को एकदिवसीय विश्वकप जितेको थियो ।

इन्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटन्सको ब्याटिङ कोच र मेन्टरको जिम्मेवारी निर्वाह गरिरहेका कर्स्टन प्रतियोगिता सकिएपछि पाकिस्तानी टोलीमा सामेल हुने छन् ।

यसैगरी बोर्डले अस्ट्रेलियाका जेसन जिलेस्पीलाई टेस्ट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । यसअघि न्युजिल्यान्डसँगको अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखलामा मुख्य प्रशिक्षक रहेका अजहर महमुदलाई तीन वटै शैलीमा सहायक प्रशिक्षकको जिम्मेवारी दिइएको छ ।

पाकिस्तान क्रिकेट बोर्डले तीनै जनासँग दुई वर्षको सम्झौता गरेको छ ।