काठमाडौं । घरेलु मैदानमा शनिबार मुम्बई इन्डियसलाई १८ रनले पराजित गर्दै कोलकाता नाइटराइडर्स इन्डियन प्रिमियर लिग (आइपिएल) को १७ औं संस्करणमा प्ले अफ पुग्ने पहिलो टोली बनेको छ ।
जितसँगै १२ खेलमा १८ अंक जोडेको कोलकाता शीर्ष स्थानमा छ । पराजित मुम्बई १३ खेलबाट आठ अंकका साथ नवौं स्थानमा छ ।
इडेन गार्डेनमा कोलकाताले प्रस्तुत गरेको १५८ रनलेको लक्ष्य पछ्याएको मुम्बईले १६ ओभर नै ब्याटिङ गरे पनि आठ विकेट गुमाउँदै १३९ रन मात्र बनाउन सक्यो । वर्षाका कारण टसमा ढिलाइ भएपछि खेललाई १६ ओभरमा झारिएको थियो ।
मुम्बईका लागि ओपनर इशान किसनले, ४०, तिलक वर्माले ३२, रोहित शर्माले १९, नमन धिरले १७ र सूर्यकुमार यादवले ११रन जोडे ।
कोलकाताका लागि हर्षित राना, वरुण चक्रवर्ती र आन्द्रे रसेलले समान समान दुई तथा सुनिल नारायणले एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित १६ ओभरमा सात विकेट गुमाउँदै १५७ रनको योगफल तयार पारेको थियो ।
कोलकाताका लागि वेङ्कटेश अय्यरले ४२, नितिश रानाले ३३, आन्द्रे रसेलले २४ तथा रिन्कु सिंहले २० र रमनदीप सिंहदे अविजित १७ रन बनाए ।
मुम्बईका लागि जसप्रित बुमराहर र पियुष चावलाले समान दुर्य नुवान थुसारा र अंशुल कम्बोजले समान एक विकेट लिए ।