काठमाडौं । इन्डियन प्रियमर लिग (आइपिएल)काे फ्रेन्चाइज दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्त एक खेलको प्रतिबन्धमा परेका छन्।
पन्तलाई स्लो ओभर रेटका कारण प्रतिबन्ध लगाइएको हो। आइपिएलको जारी सिजनमा पन्तको यो तेस्रो स्लो ओभर रेट हो।
मे ७मा राजस्थान रोयल्सविरुद्धको खेलमा दिल्लीले निर्धारित समयमा २० ओभर पूरा गर्न सकेको थिएन।
योसँगै पन्तले आइतबार हुने रोयल च्यालेन्जर्स बेंगलुरुविरुद्धको खेल गुमाउने छन् । टोलीका मुख्य प्रशिक्षक रिकी पोन्टिङका अनुसार पन्तकाे अनुपस्थितीमा अक्षर पटेल कप्तानी गर्नेछन्।
आइपिएल नियमअनुसार प्रत्येक टोलीले ८५ मिनेटमा २० ओभर बलिङ गरिसक्नु पर्छ । तर, दिल्लीले राजस्थानविरुद्ध ११७ मिनेट लिएको थियो।
यसैगरी पन्तलाई ३० लाख भारतीय रुपैयाँ (भारु) जरिवाना पनि गरिएको छ । टोलीका खेलाडीले पनि १२ लाख या म्याच फिको ५० प्रतिशत जरिवाना तिर्नुपर्नेछ।