सहिद स्मारक ‘सी’ डिभिजन लिग

महावीरको लगातार दोस्रो जित

तस्विरः एन्फा

काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिगमा महावीर क्लबले लगातार दोस्रो जित दर्ता गरेको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा आइतबार महावीरले स्पोर्टस एकेडेमी साँगालाई १-० ले पराजित गर्यो । खेलको ६७औं मिनेटमा सन्दीप श्रेष्ठले पेनाल्टीमार्फत गरेको एक मात्र गोल महावीरलाई जित दिलाउन पर्याप्त बन्यो ।

तस्विरः एन्फा

जितसँगै पाँच खेलमा आठ अंक जोडेको महावीर पाँचौं स्थानमा उक्लिएको छ । पराजित साँगा समान खेलबाट नौ अंकका साथ तेस्रो स्थानमा छ ।

त्यसअघि पाँचौं मिनेटमा सुरज थारुको प्रहारलाई साँगाका गोलपिकर सागर सुश्लिङले पञ्च गर्दै बचाए ।१५औं मिनेटमा टिकाराज गुरुङको प्रहारमा महावीरका गोलकिपर निरज चौधरी बाधक बन्दा साँगाले अग्रता लिन सकेन ।