राष्ट्रिय महिला हक्की प्रतियोगिता

राष्ट्रिय महिला हक्कीः सेमिफाइनल समिकरण पूरा

 जनकपुर । प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगिताको सेमिफाइनल समिकरण बिहीबार पूरा भएको छ ।

शुक्रबार हुने सेमिफाइनलमा नेपाल आर्मीले लुम्बिनी प्रदेश तथा सुदूरपश्चिम प्रदेशले आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीको सामना गर्नेछन् ।

जनकपुरमा बिहीबार भएको खेलमा आर्मीले मधेश प्रदेशलाई ६-१ ले पराजित गर्यो । आर्मीका लागि सीतामाया बल र कमला चन्दले समान दुई तथा सीमा खड्का र ममता भट्टले एक गरे । मधेशकी भूमिकाकुमारी महतोले सान्त्वना गोल फर्काइन् ।

सुदूरपश्चिमले लुम्बिनीलाई ५-० ले हरायो । सुदूरपश्चिमका लागि सन्जनाकुमारी भरातीले ह्याट्रिक गरिन् भने बुलबुल कुमारीले दुई गोल थपिन् ।