ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला

नेपाललाई तेस्रो झट्का, कुशल रनआउट

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी-२० शृंखलाको पहिलो खेलमा नेपाललाई तेस्रो झट्का लागेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा २०५ रनको लक्ष्य पछ्याइरहेको नेपालका कुशल मल्ल १६ रन बनाएर रन आउट भए । कुशललाई १०औं ओभरको अन्तिम बलमा जोन्सन चार्ल्सले रन आउट गरेका हुन् ।

यसअघि अर्को ओपनर आनिल साह पाँच रन र कुशल भुर्तेल १६ रन बनाएर आउट भएका थिए ।