ट्वान्टी-२० शृंखला

नेपालले दोस्रो विकेट गुमायो

फाइल तस्वीर

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी-२० शृंखलाको पहिलो खेलमा नेपाललाई दोस्रो झट्का लागेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा २०५ रनको लक्ष्य पछ्याइरहेको नेपालका ओपनर कुशल भुर्तेल १६ रन बनाएर आउट भए । कुशललाई पाँचौं ओभरको पहिलो बलमा ओवेड म्याकोयले विकेटकिपर आन्द्रे फ्लेचरबाट क्याच गराए ।

यसअघि अर्को ओपनर आनिल साह पाँच रन बनाएर आउट भएका थिए ।