ट्वान्टी-२० शृंखला

वेस्ट इन्डिज ‘ए’ विरुद्ध कप्तान रोहितको अर्धशतक

फाइल तस्वीर

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी-२० शृंखलाको पहिलो खेलमा नेपालका कप्तान रोहितकुमार पौडेलले अर्धशतक पूरा गरेका छन् ।  वेस्ट इन्डिजले नेपालसामु २०५ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरको समाप्तिमा २०४ रनको योगफल तयार पार्यो । जवाफी ब्याटिङ गरिरहेको नेपालका लागि रोहितले २७ बलमा ६ चौक्का र दुई छक्काको मद्दतमा ५० रन पूरा गरेका हुन् ।

१० ओभरको समाप्तिमा नेपालले तीन विकेट गुमाउँदा ९६ रन जोडेको छ ।