ट्वान्टी-२० शृंखला

नेपालको चौथो विकेट गुम्यो

फाइल तस्वीर

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी-२० शृंखलाको पहिलो खेलमा नेपाललाई चौथो  झट्का लागेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा २०५ रनको लक्ष्य पछ्याइरहेको नेपालका दीपेन्द्रसिंह ऐरी २४ रन बनाएर आउट भए । १६औं ओभरको तेस्रो बलमा दीपेन्द्रलाई किमो पउलले रोस्टन चेजबाट क्याच गराए ।

नेपाल अहिले १४७ रन बनाएर खेलिहरेको छ ।