सिन्धुपाल्चोक जिल्ला लिग

सिन्धुपाल्चोक जिल्ला लिगः साँगाचोकको सहज जित

लामोसाँघु । सिन्धुपाल्चोक जिल्ला लिगमा शुक्रबारको दोस्रो खेलमा साँगाचोक युथ क्लबले न्यु जेनेरेसन क्लबविरुद्ध ३-० को सहज जित निकालेको छ ।

लामोसाँघुस्थित बसन्तपुर खेल मैदानमा सम्पन्न खेलमा साँगाचोकलाई जित दिलाउन सागर रामुदामुले दुई र कप्तान सुन्दर श्रेष्ठले एक गोल गरे।

खेलको चौथौ मिनेटमै गोल गर्दै सुन्दरले साँगाचोकलाई अग्रता दिलाएका थिए । १२औं मिनेटमा सागरले टोलीको अग्रता दोब्बर बनाए ।

सागरले ७६औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै साँगाचोकलाई ३ ० को सहज जित दिलाए । 

जितसँगै समूह ‘ए’ को साँगाचोकले दुई खेलबाट तीन अंक जोडेको छ। साँगाचोक पहिलो खेलमा पहिलो खेलमा चौतारा स्पोर्टिङ क्लबसँग ४(२ले पराजित भएको थियो ।