नेपाली फुटबल

एनआइसी एसिया बैंकको ब्रान्ड प्रमोटरमा अन्जना

काठमाडौं । एनआइसी एसिया बैंकले राष्ट्रिय महिला फुटबल टोली तथा त्रिभुवन आर्मी क्लबकी गोलकिपर अन्जना रानामगरलाई आफ्नो ब्रान्ड प्रमोटर नियुक्त गरेको छ।

गत वर्ष फागुनमा साउदी अरबमा भएको वाफ च्याम्पियनसिपकाे उपविजेता नेपाली टोलीको सम्मान कार्यक्रयमा सोमबार बैंकले अन्जनालाई ब्रान्ड प्रमोटरको रुपमा घोषणा गरेको हो।

उपविजेता टोलीका खेलाडी जनही २५ हजार रुपैयाँबाट सम्मानित भएकाे अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

गत फ्रेबुअरी २९ मा जोर्डनसँग पेनाल्टी सुटआउटमा ५-३ ले पराजित हुँदा नेपाल उपाधिबाट बञ्चित भएको थियो ।