साउदी प्रो लिग

अल हिलालको रोमाञ्चक जित

काठमाडौं । लिग लिडर अल हिलाले साउदी प्रो लिगमा सोमबार अल अहलीविरुद्ध २-१ को रोमाञ्चक पुनरागन जित निकालेको छ ।

किंग्स अब्दुल्ला स्पोर्टस सिटीमा अल हिलाललाई जित दिलाउन अलेक्सजान्डर मित्रोभिच र माल्कोमले गोल गरे । अल अहलीका लागि फेरस फेरस अल ब्रिकानले गोल गरे ।

आफ्नो अपराजित यात्रा कायम राखेको हिलाल ३० खेलबाट ८६ अंक जोड्दै शीर्ष स्थानमा छ । पराजित अहली समान खेलबाट ५५ अंकका साथ तेस्रो स्थानमा छ ।

खेलको ३०औं मिनेटमा ब्रिकानको गोलमार्फत अहलीले अग्रता लियो। ५२औं मिनेटमा मित्रोभिकले खेललाई बराबरीमा ल्याए । उनले माल्कमको पासलाई पोस्टको दिशा दिए ।

माल्कोमले निर्धारित समय सकिन एक मिनेट बाँकी छँदा गोल गर्दै हिलाललाई २-१ को जित दिलाए । उनले रुबेन नेभेसको पासलाई जाली चुमाए ।